संस्मरण

शून्य समय
एकान्त चिन्तनमा
बन्नू अभय ।
जून ताराको
रमाइलो जादु छ
आफ्नै पाराको
सुख कहाँ छ ?
अरूको हेराइमा
दुःख जहाँ छ
मीठो सुसेली
दोहोरी त हैन यो
काव्य कोसेली
धनी गरिब
प्रकृतिकै खेलमा
हुन्छन् करिब
भुइँ टेकेर
चल्नुपर्छ मानिस
भोलि देखेर
भोक प्यासमा
सम्झौता नै हुन्न रे
जूवातासमा
बास्ना फूलको
झोलाभित्र अडिन्न
राख्नु भूल हो
ज्ञान कहाँ छ ?
जिज्ञासाको साथमा
मन जहाँ छ
मन मुरली
आनन्दको खोजीमा
बज्छ सुर ली
(डा. नेपाल स्थापित साहित्यकार हुन)
[email protected]