• २०८१ असोज २९ मङ्गलबार

गजल

विष्णु तिमल्सिना

विष्णु तिमल्सिना

खुशीहरू लुट्नु हुन्न जतन गर्नु भन्थ्यौ
वैरी लाग्दा फुट्नु हुन्न जतन गर्नु भन्थ्यौ ।

भन्थ्यौ हाम्रो प्रेमघर सजाउनु पर्छ
मन फाटी छुट्नु  हुन्न जतन गर भन्थ्यौ ।

आँखा लाग्लान पराईको छेक्नु टाढैबाट
क्रोधसँग जुट्नु  हुन्न जतन गर भन्थ्यौ ।

कति दुःख गरि बन्यो पिरतीको गुँड
असिनाले चुट्नु  हुन्न जतन गर भन्थ्यौ ।

आज याद गरेको छु हितकारी बचन
पिरोलिई भुट्नु हुन्न जतन गर भन्थ्यौ ।


विष्णु तिमल्सिना
[email protected]