• २०८१ फागुन ६ मङ्गलबार

रवीन्द्रनाथ पोख्रेलका दुई फिलिङ्गो कविता

रवीन्द्रनाथ पोख्रेल

रवीन्द्रनाथ पोख्रेल

१. “म“ बेवारिस

खै !
मेरो
तपस्या
छोरा छोरी
उच्चश्रेष्ठ हुन्
तृष्णा निर्धो पर्छ
प्राण शक्तिहिन छ
जीवन अन्त्यपल यो
यद्यपि चिन्ता स्वशून्य छ !
चाहाना स्वाधिन सोच व्यर्थ
भविष्य उताभाव उल्टो !
समय चक्रक्रुर रैछ
स्वप्न छिन्नभिन्न भो
उत्कण्ठा मुच्छ्रा छ
रज् तिर्यक् वित्था
हिजो–स्वयं
प्र–कृ–त
ग–ति
यै !

२. युग प्रणेता


नि–र्धो
ज–न–ता
बाँचोस् अन्त्य
सामन्त–को होस्
थिचो––मिचो– –गर्ने
प्रथा नष्ट गर्नु छ
उन्मुक्ति–को –अनुभुती
गरुन् अभिष्ट यत्ति नै हो !
त्याग गर्छु पर्गेल्छु पद म
स्वार्थ निहन्ता हुनु छैन !
हे ! राष्ट्र शिरमा राख्छु
म स्वतन्त्र योद्दा हो
युग प्रयोगी छु
म–ह–ल–हैन
झुप्रो–बास
ग–र्ने –कै
प्रे–मी
हुँ !


रवीन्द्रनाथ पोखेल
देबचुली, न पा ३,
नवलपरासी
[email protected]