तिमी तारा चम्किला हाम्रो आकाशका ।
यौटा सुन्दर मोड हाम्रो काव्य र भाषाका ।।
कान्तिपुरी नगरीका तिमी कवि नायक ।
भाषा र सस्कृतिका भानु तिमी वाहक ।।
शब्दभरी मिठास घोल्यौ रामायण बोली ।
राम राज्य गाए सबले आफ्नै भाका खोलि ।।
जन जनमा प्रिय भयो घाँसीको कहानी ।
आफ्नै भाषा साहित्यमा बितायौ जीवनी ।।
आदिकवि भइ बाल्यौ भाषाको ज्योति ।
काव्यभरी धर्म नीति अर्तिको रस घोलि ।।
साहित्य र भाषा हिँडने बाटो तिमीले खनेउ ।
हाम्रो यौटा आदर्श र शिक्षा तिमी बनेउ ।।
सतक बिते तिमीले हामी छोडेर गएको ।
आज पनि आभास गर्छौ तिमी यहीं भएको ।।
नतमस्तक भइ भन्छु हाम्रो गौरव तिमी ।
नमन छ स्मृतिमा, राष्ट्रिय विभूति ।।
सम्झनामा तिम्रो यहाँ बलून् हजार दीप ।
सम्झेर मैले पनि कोरेँ एउटा प्रीत ।।
चम्किरहु गगनमा तिमी दिव्य तारा ।
भानु तिमी नेपालीका आदिकवि प्यारा ।।
…………………………………………..
( निरौला पछिल्लो पुस्ताकी प्रसिद्ध कवि हुन् ।)
[email protected]