वसन्तवेला
जिन्दगी चलाउन त रुप सँगसँगै सीप हुनुपर्छ
अझ झन् जागमगाउने उज्यालो दीप हुनुपर्छ
बहकिने मन कहिले कहिँ चंचल भै बरालिदा,
बरालिने यो मन सम्हाल्न तिमी समीप हुनुपर्छ ।।
घुटुक्क आँसुको घुट्को पिउनेहरूलाई हेर
जिन्दगीमा पलपल मरेर जिउनेहरूलाई हेर
आस्वासन भन्ने नै फिटिक्कै मन पर्दैन अचेल
आफ्नै मुटु हत्केलामा लिएर सिउनेहरूलाई हेर ।
पारिलो सँगै चियाले बैँस काटेर बसेको छ ईलाम
सपक्क अम्लिसो चुल्ठो बाटेर बसेको छ ईलाम
चारआलि,फिक्कल,श्रीअन्तुले मोहजाल फैलाएर
बादलुको घुम्टो सँगै मात साटेर बसेको छ ईलाम ।।
प्रकाश घायाल