• २०८३ मंसिर ११, बिहीबार

‘स्मृतिका प्रतिविम्ब: देवी पोख्रेल’ पुस्तक सार्वजनिक

काठमाडौँ –

एमाले नेता स्वर्गीय देवी पोख्रेलको जीवनी र राजनीतिक तथा सामाजिक योगदानलाई समेटेर प्रकाशन गरिएको पुस्तक ‘स्मृतिका प्रतिविम्ब ः देवी पोख्रेल’ सार्वजनिक गरिएको छ । स्मृति ग्रन्थ प्रकाशन समितिले सोमबार घोराहीमा पुस्तक लोकार्पण गरेको हो । एमाले महासचिव शंकर पोख्रेलले स्वर्गीय पोख्रेलको व्यक्तित्व र योगदानबारे चर्चा गरेका थिए । स्वर्गीय पोख्रेल महासचिव पोख्रेलका जेठा दाजु हुन् ।

राजनीतिक, शैक्षिक, पत्रकारिता तथा सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका पोख्रेल सबैका प्रेरणाका स्रोत रहेको उनले बताए । स्मृति ग्रन्थमार्फत स्वर्गीय पोख्रेलको जीवनयात्रा, विचार, अनुभव र योगदानलाई भावी पुस्तासम्म पु¥याउन सहयोग मिल्ने धारणा उनले व्यक्त गरे ।

मिर्गौलासम्बन्धी रोगबाट थलिएका पोख्रेलको ७४ बर्षको उमेरमा २०८१ कार्तिक २३ गते घोराहीस्थित आफ्नै निवासमा निधन भएको थियो । पोख्रेल नेकपा एमालेको घोराही नगर इञ्चार्ज, जिल्ला कमिटीको आर्थिक विभाग प्रमुख हुँदै केन्द्रीय सल्लाहकार परिषद् सदस्य भएका थिए ।