• २०८० मंसिर २० बुधबार

उन्नाइसौं बी. डी. त्यागी सम्मान अर्पण सम्पन्न

२६ वैशाख २०७९, काठमाडौँ बी डी त्यागी स्मृति केन्द्रले उन्नाइसौं बी डी त्यागी स्मृति दिवसको अवसरमा सम्मान अर्पण कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलाई नेपथ्य सम्मान २०७९, साहित्यकार सन्तोषकुमार पोखरेललाई बी डी त्यागी स्मृति सम्मान २०७९, साहित्यकार इल्या भट्टराईलाई एक सय एक रुपैयाँको सिक्का रहेको थैलीसहित बी डी त्यागी स्मृति पुरस्कार २०७९, साहित्यकार ओमकुमारी बञ्जारालाई प्रतिभा सम्मान २०७९, पत्रकार तथा साहित्यकार गान्धीराज काफ्लेलाई योगदान सम्मान २०७९ र साहित्यकारहरू किशोर श्रेष्ठर प्रवीण कटवाललाई गतवर्षको योगदान सम्मान अर्पिएको थियो ।

वरिष्ठ साहित्यकार गंगा पौडेलले टीका, वरिष्ठ साहित्यकार विजय चालिसेले खादा, कार्यक्रमका सभापति वरिष्ठ उपन्यासकार शंकर भारतीले सासलगाइ दिएर र संस्थाका अध्यक्ष कृष्ण आचार्यले थैली र संरक्षक गौरी आचार्यले सम्मानपत्र प्रदान गरेर सम्मानित व्यक्तित्वहरूलाई सम्मान गरेका थिए ।

कार्यक्रममा कवि ओमप्रसाद कोइरालाको ‘आफ्नै डम्फु’ कवितासंग्रहको सम्मानित प्रतिभाहरू, सभापति, संरक्षक, वरिष्ठ साहित्यकारहरू विजय चालिसे, वेदमणि घिमिरे, कृतिकार ओमप्रसाद कोइरालाले विमोचन गरेका थिए ।

विमोचित कृतिमा वरिष्ठ साहित्यकार प्रयागराज वाशिष्ठले समीक्षात्मक टिप्पणी गरेका थिए । कृतिकारले सो कृतिबाट एउटा कविता वाचेका थिए ।सो कार्यक्रममा सभापति भारती, संस्थाका अध्यक्ष आचार्य, सम्मानित प्रतिभाहरू चालिसे, पोखरेल, भट्टराई, बञ्जारा, काफ्लेलगायतले बी डी त्यागीको साहित्यिक योगदानबारे प्रकाश पारेका थिए ।

विमल कोइरालाले चलाएको सो कार्यक्रममा महेन्द्र चालिसे, मञ्जुश्री प्रधान, डा. मधुसुदन घिमिरे, डा. गीता खरेल, हेम पौडेल, दुर्गा अधिकारी भमरकोटे, ढुण्डीराज पोखरेल, भुवन शिवाकोटी चौघरे, राजबाबु श्रेष्ठ सागर, विक्रम श्रेष्ठ सागर, विष्णु ओली, शेषमणि भट्टराईजस्ता अथिति साहित्यकारहरू थिए ।

वैशाख १९ गते हुने भनिएको कार्यक्रम विशेष कारण एकहप्ता पछाडिसरेको थियो ।केन्द्रले बर्सेनि बी डी त्यागी स्मृति दिवसमा सम्मान पुरस्कार अर्पिदै आएको छ ।