• २०८१ फागुन ६ मङ्गलबार

कृष्ण प्रधानको नयाँ कवितासङ्ग्रह“हराएको गाउँको द्यौता”लोकार्पण

कवि कृष्ण प्रधानको नयाँ कवितासङ्ग्रह “हराएको गाउँको द्यौता” लोकार्पण गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा कवि प्रधानका समकालीन मित्र तथा आफन्तहरूद्वारा उक्त सङ्ग्रहको विमोचन गरिएको हो । विमोचित कृतिमाथि समालोचक प्रमोद प्रधानले निकै गहन समालोचना प्रस्तुत गर्नुभएको थियो भने कविद्वय विश्वविमोहन श्रेष्ठ र महेश प्रसाईं तथा ‘शब्दाङ्कुर’का प्रधान सम्पादक धीरकुमार श्रेष्ठले पाठकीय मन्तव्य व्यक्त गरेका थिए । चारै जना वक्ताहरूले कृष्ण प्रधानको लेखन उर्जाको प्रशंसा गरे ।

कार्यक्रमका प्रमुखअतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरेले कृष्ण प्रधानसँगका विद्यार्थी कालको सम्झना गर्दै आफू, कवि प्रधान र अर्का उपस्थित कवि डा. विष्णु राईले विद्यार्थी जीवन सँगसँगै बिताएको प्रसङ्ग सार्वजनिक गर्नुभयो । पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको सभापतित्वमा सम्पन्न विमोचन कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव गोकुल अधिकारीद्वारा गरिएको थियो । करीब डेढ घण्टा लामो उक्त समारोहमा स्रष्टाहरू नरेन्द्रबहादुर श्रेष्ठ, रमेश गोर्खाली, दिव्य गिरी, श्रीओम श्रेष्ठ रोदन, जयदेव भट्टराई, डा. विष्णु राई, किशोर पहाडी आदिको उपस्थिति थियो ।


स्वाधीनता

बंटवारा

काल