• २०८० असोज ८ सोमबार

उप्रेतीको लघुकथासंग्रह संवेदनाको संसार लोकार्पण तथा लक्ष्मी उप्रेती पुरस्कारको स्थापना

विराटनगर, चैत ।

विराटनगरस्थित प्या्सेफिक होटलमा आयोजित एक कार्यक्रममा साहित्यकार लक्ष्मी उप्रेतीको लघुकथा संग्रह संवेदनाको संसार लोकार्पण गरिएको छ । प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा प्रकाशित उक्त संग्रहमा ८० वटा लधुकथा संग्रहित छन् ।
प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष प्राज्ञ दधिराज सुवेदीको सभापतित्व र प्राज्ञ विवश पोखरेलले प्रमुख अथित्यमा सम्पन्न उक्त कार्यक्रम कृतिबारे भूषण ढुंगेल र प्रतिमा निरौलाले बोल्नु भएको थियो । लघुकथा संग्रह भित्रबाट लक्ष्मी पोखरेल, हरि कट्टेल, राधिका गुरागाईं, देवी पन्थी, राधिका भट्टराई, निर्मला कोइराला, लगायतले एकएक वटा कथावाचन गर्नुभएको थियो । कवि गोकुल अधिकारीले स्वागत र कवि दिनेश सुवेदी दिङ्लाली कान्छाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

सोही कार्यक्रममा साहित्यकार लक्ष्मी उप्रेतीका छोरा संजय उप्रेती र छोरीहरू सविना उप्रेती पोखरेल र सरिता उप्रेती ओलीले आमाको कर्मशील जीवनको सम्मान गर्दै पन्ध्र लाख राशिको अक्षय कोष राखेको घोषणा गर्नुभएको थियो । आउँदो वर्षदेखि हरेक वर्ष यसको ब्याजबाट कुनै एक क्षेत्रका उल्लेखनीय एक व्यक्तिलाई वर्षको उत्कृष्ट सम्मान रू एक लाख एक हजारसहित साहित्यिकार लक्ष्मी उप्रेती सिर्जनशील पुरस्कार र साहित्यिक क्षेत्रका नवोदित प्रतिभालाई प्रोत्साहन स्वरूप रू ११,१०० हजार राशिको साहित्यिकार लक्ष्मी उप्रेती नवप्रतिभा साहित्य पुरस्कार प्रदान गरिने छ ।

साहित्यकार लक्ष्मी उप्रेती सेवा प्रतिष्ठान समितिमा संरक्षक लक्ष्मी उप्रेती र संजय उप्रेती सल्लाहकार साहित्यकार, समाजसेवी, शिक्षासेवी प्राज्ञ दधिराज सुवेदी, साहित्यकार प्राज्ञ विवश पोखरेल, संगीतकार बुलु मुकारूङ, कुमार पोखरेल, दीपक ओली, पर्वतारोही लाक्पा फुटी शेर्पा रहनु भएको छ भने अध्यक्ष सविना उप्रेती पोखरेल, उपाध्यक्ष सरिता उप्रेती ओली महासचिवमा दिनेश सुवेदी दिङ्लाली कान्छा, सचिव मीनकुमार श्रेष्ठ नवोदित, कोषाध्यक्ष पूजा पराजुली उप्रेती, र सदस्यहरूमा हरि बराल, कल्पना अधिकारी, कोमल पोखरेल, अश्लेषा उप्रेती रहेको ९ जनाको कार्यसमिति गठन भएको छ ।