समाचार
काठमाडौँ ।
नेपाली गीत, कविता र संस्कृतिका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका टीका चाम्लिङ खोटाङमा जन्मिएका स्थापित गीतकार, कवि र संस्कृतिकर्मी हुन् । उनको वास्तविक नाम टीकाराम राई हो । उनी दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१३, नुनथला, खाम्लामा २०३० माघ ४ गते जन्मिएका हुन् । गीत, कविता, गीतिकाव्य तथा यात्रासंस्मरण लागेका उनका दुई सयभन्दा बढी गीत विभिन्न गायक–गायिकाको स्वरमा रेकर्ड भएका छन् ।
गीतिअडियो–२०५८ राखौँ सम्झना, लोकजुहारी शब्द सङ्कलन–२०५९, सोमबारे हाटैमा, लोकजुहारी शब्द सङ्कलन–२०५९ मा रहेका छन् । उनको सपनाको रङ (२०६०), समयको रङ (२०६४), जुनको बस्ती (२०६८) र मुन्दम र मालिङ्गो (२०७१) गीतिसंग्रह तथा बागी कविता (२०८०) लगायतका कृति प्रकाशित छन् । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको प्रतिभा पुरस्कार (२०७३), खेमराज गुरुङ प्रतिभा पुरस्कार (२०८१) जस्ता विविध सम्मानबाट उनी सम्मानित स्रष्टा छन् ।
कवि तथा गीतकारका रूपमा सम्मानित उनी रेडियो नेपालबाट आयोजित राष्ट्रव्यापी आध’निक संगीत सम्मेलनमा प्रथम भएका उनी दर्जनभन्दा बढी संस्थाबाट पुरस्कृत भएको पनि पाइन्छ । नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको प्राज्ञसभा सदस्य, गीतकार संघ नेपालका सदस्य, साहित्य, गीतसङ्गीत, लोकसंस्कृति तथा मुन्दुमसम्बन्धी खोज र अनुसन्धानमा सक्रिय थिए ।
जाउँ सङ्गी गाउँघरैमा, आलु तामाले उनका चर्चित गीत हुन् । नेपाली गीतिसाहित्यका क्षेत्रमा लामो समयदेखि क्रियाशील उनी गीत लेखनसँगै गीतिकाव्य, कविता र लोकसंस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा उनको योगदान छ। एनका प्रकाशित कृति र प्राप्त सम्मानले नेपाली साहित्य तथा सङ्गीत क्षेत्रमा उनको सिर्जनात्मक यात्रालाई परिचित गराउँछन् ।
रावासावा प्राज्ञिक समाज नेपालका पूर्व अध्यक्ष लोकप्रिय गीतकार चाम्लिङ राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, नेपाल वाङ्मय परिषद्, नेपाल प्राज्ञिक अनुसन्धान केन्द्र जस्ता दर्जनौं संस्थामा संलग्न थिए । उनी लामो समयदेखि क्यान्सर रोगले थलिएका थिए । संगीत तथा नाट्य प्राङ्गणमा १० बजे श्रद्धाञ्जली सभापछि उनको शव खोटाङ लाने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
