• २०८१ बैशाख ४ मङ्गलबार

लक्ष्मणकृष्ण ताम्राकारको ‘नगाइएका गीतहरू’विमोचन

ललितपुर । गीतकार लक्ष्मणकृष्ण ताम्राकारद्वारा रचना गरिएका गीतहरूको सङ्ग्रह ‘नगाइएका गीतहरू’विमोचन गरिएको छ । सिर्जना अभियान समाजको आयोजनामा शनिबार सम्पन्न गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथि हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले कृति सार्वजनिक गर्दै गीतमा मनका भावनाहरू व्यक्तहुने भएकाले यसले सबैलाई मोहित पार्ने बताए ।

उक्त गीतसंग्रहमाथि साहित्यकार ध्रुव मधिकर्मीले समीक्षात्मक टिप्पणी राखेका थिए । गीतकार ताम्राकारले उक्त संग्रहमार्फत आफ्नो अनुभूति र भावनालाई अभिव्यक्ति दिएको बताए । कार्यक्रममा चुडामणि देवकोटा, जुजुकाजी रञ्जित, सरोजिनी तण्डुकार, डा. सविना श्रेष्ठ ताम्राकार र प्रतिसरा सायमी लगायतले बोलेका थिए ।