• २०८१ फागुन १ बिहीबार

ए मेरी प्रिया कहाँ भौतारिहेछौ यतायता

विलियम सेक्सपियर

विलियम सेक्सपियर

ए मेरी प्रिया ! कहाँ भौतारिरहेछौ यताउता ?
पर्ख र सुन त ! आफ्नो साँचो प्रेमको कुरा
धुन यसको साथ रहन्छ हरेक आरोह–अवरोहमा
ए प्रिया पर्ख यहीँ, यो क्षण हो विश्रामको
प्रेमीहरूको मिलनले नै गर्छ यात्रामाथि विराम
कुनै पनि ज्ञानी पुरुष यसबाट तथ्य छैन अन्जान !

प्रेम के हो ! कसैलाई थोरै पनि आभास हुन्छ !
आजको मृगतृष्णामा लुकेको आजको उल्लास हुन्छ
भविष्यको गर्भमा के लुकेको छ थाहा छैन
तर मिलनलाई विलम्ब गर्नुमा कुनै लाभ छैन
यौवन नै हो जसको हरेक क्षणमा प्रेमकै जित हुन्छ

अनुवाद: रमण घिमिरे