हो, धेरै लामो समयसम्म प्रेम गरिँदैन
मैले लामो समयसम्म प्रेम गरेँ
अनि चलेन
कुनै पुरानो गीतजस्तो ।
हाम्रो जवानीका सबै वर्षहरूमा
दुईमध्ये कसैलाई विभेद गर्न सक्दैनथ्यौँ
एकअर्काको सोचाइमा
हामी यति समान थियौँ ।
तर हरे ! त्यो क्षणभरिमै बदलियो
हो ! धेरै लामो समयसम्म प्रेम गरिँदैन
नत्र चल्दैन
कुनै पुरानो गीतजस्तो ।
अनुवाद: रमण घिमिरे