निबन्ध

१. तिमी
बिर्सेर मैले
तिमीलाई ओछ्यानमा
छाम्दै थिएँ ।
तिमी त
हिमालको फेदमा
बुकी फूल बनेर
फक्रिरहेकी थियौ ।
२. तिम्रो हाँसो
असोजको मध्यरात
इन्द्रकमलका फूलहरू रुँदै थिए
गएर हेरेँ
गाउँको गोधूलिजस्तै
तिम्रो हाँसो
सुपारीको बोटमा
तुर्लुङ झुन्डिएको थियो ।
अनुवाद: राजेन्द्र शलभ