समाचार

बुटवल ।
अमित विद्यार्थीद्वारा लिखित बाल उपन्यास परेलिमा एण्ड द टमी मोन्स्टरूको बुटवलमा विमोचन गरिएको छ । बुटवलको परिवेशमा आधारित बाल उपन्यासको हिमालय बुक हाउस मिलन चोकमा मनोचिकित्सक डा. मनोज ढुङ्गाना र कवि गिरी श्रीसले संयुक्त रूपमा विमोचन गरेका छन् ।
हिमालय बुक हाउसले प्रकाशन गरेको अङ्ग्रेजी भाषामा लिखित उपन्यासमा फैसल शाक्यले चित्र कोरेका छन् । बाल मनोविज्ञानमा आधारित यो उपन्यास ७ वर्षमुनिका बालबालिका लक्षित गरिएको जनाएको छ । पुस्तक बालबालिकाले व्यक्त गर्ने डर र त्यसलाई न्यूनीकरण गर्न के कस्ता उपायको खोजी गर्छन् भन्ने विषयमा केन्द्रित रहेको छ ।
बालबालिकाको डर हटाउनका लागि मनोवैज्ञानिक रूपमा प्रेरित गर्ने मनोचिकित्सक डा. मनोज ढुङ्गानाले बताए । उनले यो पुस्तक बालबालिकाका साथै अभिभावकलाई पनि लाभदायी हुने बताए ।
कवि गिरी श्रीसले बुटवलमै सिर्जना गरिएको यो पुस्तक हरेक बालबालिका र अभिभावकका लागि उपयोगी हुने बताए । प्रकाशक हिमालय बुक हाउसका सञ्चालक माधव गौतमले बुटवलका लेखकले लेखेको किताब बुटवलमै प्रकाशन गरिएको र छपाई समेत बुटवलमै गरेको बताए । उनले बुटवललाई बाल साहित्यमा अगाडि बढाउनका लागि यो पुस्तक महत्त्वपूर्ण साबित हुने बताए ।