• २०८३ मंसिर ४, बिहीबार

भूपेन्द्र रायमाझीलाई स्वर सम्राट नारायणगोपाल पुरस्कार

विराटनगर ।

विराटनगरमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै नेपाली संगीत क्षेत्रमा योगदान पु¥याउँदै आएका वरिष्ठ संगीतकार भूपेन्द्र रायमाझी यस वर्षको स्वर सम्राट नारायणगोपाल पुरस्कारबाट सम्मानित हुने भएका छन् ।नेपाली संगीत क्षेत्रको प्रतिष्ठित मानिने उक्त पुरस्कार रायमाझीलाई प्रदान गर्ने निर्णय गरिएको हो । आगामी मंसिर १९ गते काठमाडौंमा आयोजना हुने विशेष समारोहमा उनलाई पुरस्कार प्रदान गरिनेछ ।

रेडियो नेपालमा लामो समय सेवा गरेका रायमाझीले नेपाली संगीत क्षेत्रमा विशिष्ट पहिचान बनाएका छन् । उनले एक दर्जनभन्दा बढी चलचित्रमा संगीत दिएका छन् भने उनका दर्जनौं गीत लोकप्रिय छन् । संगीत सिर्जनामा निरन्तर सक्रिय रायमाझीको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको हो ।

नारायणगोपालको नाममा स्थापित प्रतिष्ठित सम्मान प्राप्त गर्न पाउँदा खुसी लागेको रायमाझीले बताए । ‘नारायणगोपालको नाममा स्थापना भएको सम्मान प्राप्त गर्नु मेरा लागि गौरवको विषय हो,’ उनले भने, ‘यसले सांगीतिक यात्रामा थप हौसला दिएको छ । सँगसँगै जिम्मेवारी पनि थपिएको महसुस गरेको छु ।’

यस वर्ष गायनतर्फ गायक प्रकाश श्रेष्ठ र गीत रचनातर्फ प्रमोद ढुंगानालाई पुरस्कृत गर्ने निर्णय भएको छ । स्वर सम्राट नारायणगोपालको स्मृतिमा स्थापित पुरस्कारमार्फत नेपाली संगीत क्षेत्रमा योगदान पु¥याउने स्रष्टालाई सम्मान गरिँदै आएको कोषका अध्यक्ष दीपक केसीले जानकारी दिए ।


मेरो जीवन

दशैंमा यो शहर…

नकाम !