• २०८३ कार्तिक ३०, आईतवार

विराट साहित्य संगमको २४३औँ शृङ्खलामा देवकोटाको ११८औँ जन्मजयन्ती

विराटनगर ।

विराट साहित्य संगम विराटनगरले आफ्नो २४३औँ मासिक साहित्य शृङ्खलाका अवसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती मनाएको छ । संस्थाका अध्यक्ष मधु पोखरेलको अध्यक्षता तथा भीमेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा विराटनगरस्थित राष्ट्रसेवक सहकारीको सभाहलमा आयोजित कार्यक्रममा डेगराज पौडेल विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा शिवनारायण सिंघल, चन्द्रकान्ता भट्टराई, गोविन्द ढुंगाना, श्याम्भुनाथ कार्की, उमेश लुइँटेल, प्रयाग न्यौपाने, रञ्जना भट्टराई, अम्बिका खरेल उप्रेती, लक्ष्मी रायमाझी, कविता केशरी, भीम कोइराला, भवानी पोखरेल, कर्ण सञ्जय, शुभलक्ष्मी लम्साल, डोमी कामत, सुजाता राई, नारायण दाहाल, भुपाल अधिकारी, ऋषि तिवारी, किरण अञ्जान, गोपाल निर्भीक, केशव रिजाल, शम्भुप्रसाद भट्टराई र हरिप्रसाद बराललगायत स्रष्टाले कविता तथा साहित्यिक रचना वाचन गरेका थिए ।

त्यसैगरी कविता चापागाईं, प्राडा मीनराज ढकाल, प्रा. एकराज भट्टराई, प्रा. राजेश्वर निरौला, सीमा आभास, दीपा दाहाल, निर्मला कोइराला, सुमन पोखरेल र मणि दाहाललगायत साहित्यप्रेमीको उल्लेख्य उपस्थिति थियो ।कार्यक्रममा सहभागिता प्रोत्साहन पुरस्कार, नगेन्द्रमणि न्यौपाने तथा विन्ध्या न्यौपाने पुरस्कार र कवि शैलेन घिमिरे तथा अच्युत खतिवडाद्वारा स्थापित पुरस्कार गोलाप्रथामार्फत कवि लक्ष्मी रायमाझीलाई प्रदान गरिएको थियो ।