• २०८१ श्रावाण ११ शुक्रबार

योजना

धनराज गिरी

धनराज गिरी

उनी आउने, गजल गाउने, योजना त थियो !
कता कता के के भयो, मौसम बदलियो !

वाचा कसम गरिए नपत्याएर थियो मनमा
बालेको हो मिली दुई भरोसाको दियो !

हुनसक्छ दुनियाँको नजर छल्न गाह्रो !
पिरतीमा आफन्तले बढी गर्ने चियो  !

कहाँ त्यति सजिलो छ चोरी माया लाउन !
छाडे लीक जिन्दगीले हल्लिने छ मियो !

भत्के धेरै निकेतन बेहोशीले गर्दा !
अर्की अर्की मिलाउने छैन यहाँ सियो !

एकलौटी कारोबार हुन्छ पिरतीको !
बने कृष्ण ध्वस्त हुन्छ घरबार खियो !

निर्मल कन्चन विमल माया हुन्न केही पनि
सद्भावको खेती भए सुवास आकाशियो !!


धनराज गिरी