• २०८१ कातिर्क २५ आइतबार

उपियाँको गलैचा

शरद निरोला

शरद निरोला

धेरै वर्ष पहिले यस्तै २०३५ र ०३६ सालतिर म अन्य दुई सहपाठी सहित राष्ट्रिय विकास सेवा कार्यक्रम अन्तर्गत दार्चुला जिल्लाको गोकुलेश्वर गाउँ पञ्चायतमा शिक्षकका रूपमा कार्यरत थिएँ । मेरो दस महिने कार्यसँग सम्बन्धित केही अन्य अनभुवहरू मैले यस अघिका केही लेखोटहरूमा बयान गरिसकेको छु । त्यसै रङ्गीचङ्गी मालामा यो एउटा अर्को थुँगा सिउने प्रयास गर्दैछु ।
गोकुलेश्वर गाउँ पञ्चायत त्यस वेला एउटा यस्तो गाउँ हुने गथ्र्यो जहाँका बासिन्दाहरू तरकारी भन्ने चीज खाँदैनथे ।
अर्को शब्दमा भन्नु पर्दा त्यहाँ खानासित तरकारी खाने चलन थिएन । भात पनि त्यति खाँदैनथे । उनीहरूको मुख्य खाना भनेको रोटी र मरमसला हालेको दालनै हुन्थ्यो । अब यो ज्यान र अन्य दुई ज्यान भने तरकारी र अचार नभई मुख जुठै नलाउने संस्कृतिमा हुर्केर बढेर आएका बुबराहरू पर्याैं । गाउँलेहरूले तरकारी नखाने भएपछि त्यसको खेती गर्ने कुरै भएन । दुई-तीन महिना त केवल कालो दाल र भात खाएरै कटायौँ । त्यसपछि भने मेरो मनमा तरकारीको हुटहुटीले फाड्दोल हान्न थाल्यो । मेरो हालत भाङ खान नपाएर बौलाएका भगवान शिवजीको जस्तै हुन थाल्यो । तुलनात्मक रूपमा म अन्य दुई सहपाठीहरू भन्दा अलिक बढी अधीर थिएँ । तरकारी खान नपाएकोमा उनीहरूको कुनै दुखेसो थिएन । एकप्रकारले चित्त बझुाएरै बसेका थिए । तर मलाई भने अप्ठ्यारो परिरहेको थियो । मेरा स्वर्गीय पिताश्री मीठोमीठो खानाका सोखी थिए । बिहान बेलुकीको खानामा दूध, दही, मोही लगायत कम्तीमा छ प्रकारका व्यञ्जन हुन्थे । अब यो अर्कै कुरा हो कि ती छ प्रकारका व्यञ्जन मध्ये हामी केटाकेटीलाई केवल दुई व्यञ्जन मात्र प्राप्त हुन्थे । त्यसैले हामी सबै केटाकेटी बुबाले ग्वामग्वाम खाएको देख्दा आफ्नो ‘नमीठो’ खानालाई उहाँको मीठो खानाको परिकल्पनाबाट मुखभित्र उत्पन्न पानीले घटुुक्क निल्थ्यौँ ।
बुबाले मुछेको भात पाउन हामी सबै लालायित हुन्थ्यौँ । म बुबाको अलिक प्रिय छोरो भएको हुनाले अक्सर मलाई उहाँको अन्तिम गाँस पाउने सौभाग्य प्राप्त हुनेगथ्र्यो । यस्तो पृष्ठभूमूमिबाट आएको हुनाले म पनि सदा बुबाझैँ खानाको सोखी भएर आएको थिएँ । त्यसैले मैले साथीहरूलाई उचालेर तरकारी खोज्न सुरू गर्ने सल्लाह गरेँ ।
उनीहरू पनि मेरा लागि त्यति गर्न राजी भए । एकदुई जना गाउँलेसँग बझ्दा बैतडी जिल्लाको मल्लोमामर्म भन्ने ठाउँमा आलुको प्रशस्त खेती हुँदोरहेछ र त्यो धेरै सस्तोमा पनि पाइँदो रहेछ भन्ने थाहा भयो । एक डोको आलु ल्याउन पाए त दुईचार महिना सजिलै पुर्याउन सकिन्छ भन्ने ठनाइ भयो ।
मल्लोमार्मा भन्ने ठाउँ गोकुलेश्वरबाट पूरा एक दिनको बाटोमा पथ्र्योे । हामी तीनैजना शक्रुबारका दिन प्रधानाध्यापकसँग छुट्टी मागेर केही पैसो साथमा लिई आलु खोज- अभियानमा हिँड्यौ । मल्लोमार्मा एउटा विशालकाय पर्वतको टुप्पामा अवस्थित थियो । त्यस पर्वतको फेदीसम्म पुग्न गोकुले (स्थानीयहरू यही छोटकरी नाम प्रयोग गर्छन्) बाट चौलानी नदीको किनारैकिनार झन्नै एकडढे घन्टा तेर्सो बाटो जानुपथ्र्योे । करिब एकघण्टा हिँडिसकेपछि अचानक मेरो दाहिने घँडुा बेस्मारी दुख्न थाल्यो । पाइला सार्न पनि औधी कष्ट हुनथाल्यो । ‘लौ साथी हो, म त अब थला परेँ, यस्तो खुुट्टा लिएर म कसरी उकालो चढ्न सक्छु ? तिमीहरू जाओ, म केही बेर आराम गरेर गोकुले फर्किन्छु ।’ मैले रून्चे स्वरमा भनेँ ।
साथी यमबहादुर कुलुङले मलाई एउटा ढुङ्गामाथि बसाउँदै भन्यो- ‘त्यस्तो कुरा गरेर कहाँ हुन्छ ? जाने भनेपछि जाने जाने । पख, म तेरो दुखाइलाई अहिल्यै ठीक पार्छु ।’ त्यति भनेर ऊ केही खोज्न बुट्यानहरू भएको ठाउँ तर्फ गयो । केही छिन पछि ऊ फर्केर आउँदा उसको मुखमा मुस्कान र हातमा सिस्नुको एउटा हाँगा थियो । ‘सिस्नु किन ल्याएको ?’ गीताभक्त र मैले एकै चोटि सोध्यौँ ।
‘मेरो गाउँघरतिर घुँडा दुख्दा सिस्नुले झ्यामझ्याम हानेर ठीक पार्छन्,’ कुलुङले मुस्काउँदै जबाफ दियो, ‘अब यहाँ अरू कुनै ओखती छैन, यही उपाय मात्र छ ।’
जिन्दगीमा कहिल्यै सिस्नुको झ्याम्टा नखाएको म आत्तिएँ । बाल्यकालमा एकपल्ट सिस्नुको बोट छुइँदा लागेको झट्काको याद अहिलेसम्म पनि ताजै छ । खैर, मेरो लाख विरोधको बावजुद साथीहरूले मलाई सिस्नुले छ्याँस्नेनै भए । गीताले मेरा दुवै हात पछाडिबाट समातेर कुलुङले मेरो प्यान्ट माथि सारेर घुँडुा उदाङ्ग पार्यो । त्यसपछि उसले त्यो सिस्नुको बोटले झ्यामझ्याम तीनचार पल्ट मेरो घुँडामा छ्याँस्यो । मलाई यस्तो अनुभूति भयो, मानौँ कसैले मेरो शरीरमा बिजुलीको तारले छोइदिएको छ । ‘आत्था नि बाबै !’ भनेर म जोडले चिच्याएँ । घुँडा रातो न रातो भएर आयो । एकातिर दखुाइ अर्कोेतिर सिस्नोको झमझमीले एकछिन त मैले तीन त्रिलोक चौधै भवुन देखेँ । यस्तै तीन-चार मिनेटपछि कुलुङले मलाई उठेर एक-दुई पाइला हिँड्न लगायो । बिस्तारै उठेर मैले एक- दुई पाइला सारेँ । घुँडा चस्केन । फेरि छ सात कदम हिँडेँ । त्यैपनि घुँडा न दुख्यो न चस्क्यो । मेरो पीडा पूर्णरूपले हरायो । मैले अपत्यारिलो दृष्टिले साथीहरूलाई हेर्दै भनेँ, ‘केटा हो, घुँडा त ठीक भए जस्तो छ । अब म हिँड्न सक्छु ।’ मेरो दुखाइ सिस्नुको डमाइले निको भएको देखेर गीता पनि छक्क परे । कुलुङ भने आफूले जानेको गाउँले उपाय सफल भएकोमा किच्च हाँस्दै दङ्ग पर्यो । गीताभक्त सँग मेरो तिमी- तिमी चल्थ्यो भने कुलुङसँग तँ-तँ) ।
जेहोस, मेरो दखुाइ स्वात्तै हराएको हुनाले हामी फटाफट अगाडि बढ्यौँ । केही बेरमै तेर्सोे बाटो सिद्धिएर उकालो सुरू भयो । असिन र पसिन हुँदै हामी तल्लो मार्मा पुग्यौँ । त्यहाँ केहीबेर आराम गरेपछि र स्थानीय केही व्यक्तिहरूलाई मल्लोमार्मामा आफ्नो उद्देश्यको लागि कोसँग सम्पर्क राख्ने भनेर जानकारी लिएर हामी पुनः ठाडो उकालो चढ्न थाल्यौँ । हामीलाई मल्लोमार्मामा त्यहाँका गाउँले मुखियासँग सम्पर्क राख्न सझुाव दिइएको थियो । मल्लोमार्मा पुग्दा बेलकुीको पाँच बजिसकेको थियो । ग्रीष्मकाल भएको हुनाले झमक्क रात पर्न अझै केही समय बाँकी थियो । हामीले एक जना स्थानीयलाई गाउँले मुखियाको घरको बाटो सोध्यौँ । उसले बताइदिएको बाटो अनुसरण गर्दै हामी केही बेरमा मुखियाको घरमा पुग्यौँ । ‘नानीहरू कहाँबाट आउनु भएका ?’ मुखियाले हामीलाई पिँढीमा ओछ्याइएको दरीमा बस्न सङ्केत गर्दै सोधे । हामी तीनैजना बस्यौँ । उनको प्रश्नको जवाफ दिँदै मैले भनेँ, ‘हामीहरू गोकुलेबाट आएका । त्यहाँ स्कूलमा मास्टर छौँ ।’
त्यसको जवाफमा उनले मुस्काउँदै भने, ‘त्यो त मलाई अघिनै एकजनाले सुनाई सक्यो । मैले जान्न खोजेको तपाईंहरूको मुख्य थलो कता हो ?’
‘ए, हामी अहिले त राजधानी काठमाडौँबाट यहाँ खटिएका हौँ,’ मैले मुस्काउँदै भनेँ । ‘मचाहिँ नेपालको पूर्वी पछुारमा रहेको झापा जिल्लाको बासिन्दा हुँ । तपाईंहरू नेपालको सुदूर पश्चिमको अन्तिम जिल्ला दार्चुलाका बासिन्दा हुनुहुुन्छ । बडो संयोगले नेपालका दुई पुछारका मानिसहरूको आज भेट भएको छ । यो बडो अहोभाग्यको कुरा हो ।’
‘त्यो त अवश्य हो । नत्र त यहाँ वरिपरिका जिल्लाका बाहेक अरू ठाउँका मानिस बिरलै देख्न पाइन्छ । अनि नानीहरू के यस विकट ठाउँमा घुम्नका लागि मात्र आउनुभएको हो ?’
त्यसको जवाफमा गीताभक्तले भने, ‘तरकारी खान नपाएर हाम्रो बिजोग भो । यहाँ आलु राम्रो र सस्तो पाइन्छ भन्ने सुनेर किन्न आएको ।’
यसपालि भने मुखिया हाहा गरेरै हाँसे । सायद तरकारी खाने उस्तो चलन नभएको ठाउँको व्यक्ति भएको हुनाले केवल तरकारीकै लागि एक दिन भरिको यात्रा गरेर आउने हामी बबुराहरूको ‘मुर्खता’ देखेर उनलाई हाँसो उठेको होला । केही बेरपछि उनले भने, ‘उसो भए नेपालमा (काठमाडौँ र पूर्वका जिल्लाहरूलाई सुदूर पश्चिमालीहरू नेपाल भन्ने गर्छन्) तरकारी नखाई नहुने चलन छ ?’
‘दाल- भातसँग तरकारी नभईकन त हामी खानै सक्दैनौँ’ कुलुङले थपे, ‘अनि तपाईंहरू तरकारी नखाने भए किन आलुको खेती गर्नुहुुुन्छ त ?’
‘हामी तरकारी खानलाई होइन बिक्री गर्नलाई खेती गर्छौं,’ मुखियाले जबाफ दिए र भने, ‘भोलि बिहान तपाईंहरू फर्किंदा एक डोको आलु म कहाँबाट लैजानुहोस् । जहाँसम्म पैसोको सवाल छ, त्यो तपाईंहरूले तिर्नु पर्दैन । नेपालको पूर्वी कुनाबाट यत्रो दुक्ख गरी यसरी सुदूर पश्चिमको अन्तिम कुनासम्म आएर हामीलाई सम्मान दिनुभयो, त्यही नै ठूलो कुरो हो हाम्रा लागि ।’
त्यो सुनेर हामी पनि दङ्ग पर्यौं । पैसा तिर्नु परेन भनेर होइन, उनीहरूको निश्छल मन र उदात्त भावना देखेर ।
हामीले हृदयदेखि उनलाई धन्यवाद दियौँ । केही बेरपछि खाना खाने वेला भयो । मरमसला युक्त कालो दाल र जरखट्ट परेको सुख्खा रोटी, एक कचौरा दूधका साथ उदरमा जबर्दस्ती प्रवेश गराएपछि हाम्रो लागि सुत्ने व्यवस्था हुनथाल्यो ।
घरको बीच भागमा रहेको एउटा कोठा हाम्रा लागि छुट्याइएको थियो । घरबेटी आमाले एकएक वटा गर्दै तीनवटा गलैँचा ल्याएर लहरै ओछ्याइदिइन् र भनिन् ‘लौ, बाबुहरू यिनै ‘दन्’ माथि सुत्नुहोस् ।’ स्थानीय भाषामा गलैँचालाई ‘दन्’ भन्दा रहेछन् भन्ने जानियो । घरबेटीले तीनैजनालाई हुन्छ भनेर एउटा ठूलो खालको सिरक पनि ल्याएर राखिदिइन् । तकिया चाहिँ पाइएन, सायद थिएन होला । आ आफ्ना ब्यागहरूलाई तकिया बनाई हामीहरू पल्टियौँ । घरबेटीले एक अङ्खोरा पानी पनि ल्याएर राखिदिइन् । दिनभरिको हिँडाइको थकान अनि पेटभरिको खाना प्रदत्त उदर सन्तुष्टिको कारण पल्टिने बित्तिकै हामी तीनैजना तुरून्त निदायौँ ।
समयको त अन्दाज केही भएन तर अचानक मेरो दाहिने तिघ्रामा कुनै चीजले किटिक्क टोकेको अनुभूति भयो र तुरून्तै एकदमसँग चिलाएको पनि अनुभव भयो । यो के हो भनेर बुझ्न नपाउँदै फेरि कम्मरमा पनि त्यसै गरी किटिक्क टोक्यो । त्यसै वेला कुलुङ र जोशी पनि बुर्लक्क उफ्रिए । उनीहरूलाई पनि मलाई जस्तै अनुभूति भएछ । एकैछिनमा उठेर बस्दा पनि शरीरको जताततै टोक्ने क्रम चलिरह्यो । हामीले आफ्ना सात पुस्तालाई पुग्ने अपशब्द मुखबाट निकाल्दै सिरक पल्टायौँ । लालटिनको मधुरो प्रकाशमा सिरक ओल्टाइ पल्टाई हेर्दा त ठाकुरे ! जताततै असत्ती उपियाँहरू बुर्लुक बुर्लुक उफ्रिरहेका देख्यौँ ।
‘एस्किमा सिताने’ अचानक कुलुङ पड्क्यो, ‘हन काँ बाट आए हौ यी जेमराजहरू ?’ हामीले सिरकलाई राम्रोसँग फेरि ओल्टाइपल्टाई हेर्यौं । त्यसमा कतै पनि उपियाँहरू देखिएनन् । सायद उफ्रेर भागिसकेका हुनन  हो न हो, सारा उपियाँ गलैँचा भित्रै होलान् भन्ने हामीलाई विश्वास भयो । पड्केहरू त्यसका रेशा रेशामा लकुेर बसेका होलान् । त्यसमाथि गलैँचाको रङ पनि कालो थियो । एक त थकाइले चुर अर्कोे निद्राले अलमस्त हामी केही छिन टोकेका ठाउँमा बेस्मारी चिलाउँदै पुनः पल्टियौँ । तरुुन्तै निद्रा पनि आइहाल्यो । तर यो सुख धेरैबेर टिकेन । करिब पाँच मिनेटमै फेरि तीनैजना बद्रुक्क उफ्रियौँ । जेमराज उपियाँहरूले फेरि धावा बोले । यसरी यो क्रम रातभरि नै चलिरह्यो । उठ्दै, सुत्दै, कन्याउँदै हामीले सम्पूर्ण रात छर्लङ्गै काट्यौँ ।
बिहान भएपछि हामीहरूलाई झोक्राएर बसेको देखेर घरबेटीले चिन्तायुक्त स्वरमा सोधिन्, ‘बाबहुरूलाई राम्ररी निद्रा लागेन कि कसो ?’
हामी तीनै जनाका मुखमा जबाफ त यति आएका थिए कि के भन्ने ! तर हाम्रो दुरावस्थामा उनीहरूको प्रत्यक्ष संलग्नता नरहेको हुनाले हामीले हाम्रो मनको भडास मनमै राख्यौँ । प्रकटमा हामीले थकाइ लागेको बहाना गरिदियौँ । गाई-बाख्रा पालेको ठाउँमा उपियाँको उपस्थिति हुनु स्वाभाविक हो तर यी मुखियाको घरमा चाहिँ स्वाभाविक भन्दा अलिक बढी नै उपियाँको जगजगी रहेको हामीलाई अनुभूति भयो भनेर भन्न पाएको भए अलिकति भए पनि सान्त्वना हुन्थ्यो कि भन्ने सोचाइ पनि उपियाँ उफ्रेझैँ मनमा उफ्रेको थियो । जेहोस्, उपियाँको टोकाइले राताम्य भएको शरीर वेलावेलामा कन्याएर शान्त पार्ने असफल जमर्कोे गर्दै चिया खाएर हामी गोकुले तर्फ लाग्यौँ । मुखियाले एक डोको आलु तयार गरिदिएका थिए र एउटा भरियाको पनि व्यवस्था गरिदिएका थिए । हामीले मुखिया र मुुखिनीलाई धन्यवाद दिँंदै उनीहरूसँग विदा लियौँ । आधा घन्टाजति ओरालो ओर्लिएपछि एउटा खहरे देखापर्योे । पानीले पखाल्दा चिलाएको अलिक कम हुन्छ कि भन्ने सोचाइले हामीले त्यस खहरेमा जिउ रगडी रगडी नुहायौँ । जिउ पुछपाछ गरेपछि साँच्चैनै चिलाएको अलिकति अथवा भएजस्तो भयो । त्यसपछि भविष्यमा मल्लोमार्मा तर्फ कहिल्यै नआउने प्रण गर्दै हामी ओरालोमा फड्कियौँ ।


(निरोला चर्चित साहित्यकार हुन् ।)
[email protected]