समाचार
काठमाडौं ।
लेखक ध्रुवराज ज्ञवालीद्वारा लिखित ‘सहज पठनीय श्रीमद्भगवद्गीता’ प्रकाशनमा आएको छ । सरकारी सेवाबाट निवृत्त ज्ञवालीको यस पुस्तकमा गीताका श्लोक र सारसहित उच्चारण विधि, व्याकरण, अनुस्वार, विसर्ग र आघातको प्रयोग विधिलगायतका विषयहरू समेटिएको छ ।
यो पुस्तकको आवश्यकताबारे पनि लेखकले आफ्नो धारणा राखेका छन् । तन्नेरी प्रकाशनले बजारमा ल्याएको यस पुस्तकको मूल्य १००० रुपैयाँ रहेको छ ।
