• २०८० फागुन २१ सोमबार

रंगशालामा शनिबार हुने भनिएको सलमानको कार्यक्रम सर्यो

काठमाडौँ- दशरथ रंगशालामा शनिबार हुने भनिएको सांगीतिक कार्यक्रम स्थगन गरिएको छ । आयोजक ओडीसी इन्टरटेन्टमेन्ट प्रा लिका प्रबन्ध निर्देशक सिमान्त गुरुङका अनुसार स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा परेको प्रभाव र वर्षातका कारण हाललाई कार्यक्रम स्थगन गरिएको हो ।

भारतीय कलाकारहरुसँग छलफल गरेर अर्को मिति चाँडै तय गरिने आयोजकले जनाएको छ । कलाकारलाई पारिश्रिमक, लाइट, साउन्ड, स्टेजलगायतको खर्चमा नेपाली आयोजकले हालसम्म कम्तिमा ५ करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ । कार्यक्रममा बलिउडका अभिनेता सलमान खानसहितका एकदर्जन कलाकार नेपाल आउने सम्झौता भएको थियो ।