सूर्यास्त नहुँदै आज
किन तिमीलाई सम्झिएँ ?
पहिले त यस्तो थिएन
केही भए जस्तो नि थिएन
हामी यसरी हुन्थ्यौँ
आमुन्ने–सामुन्ने
जस्तो कि वस्तुसँग छायाँ हुनु ।
एकआपस हामी
देख्नमात्र होइन
छेक्न पनि सक्दथ्यौँ
परस्पर हामी विना बोली
सुन्न सक्दथ्यौँ
विना हात सहजै
छुन पनि सक्दथ्यौँ ।
तिम्रो गालाको किरणले
बसेको लाली बाँकी छमसँग
सूर्यास्तपछि पनि नमेटिने
त्यो घामको म्वाइ
सपनाको घाउझैँ
तिम्रो आँखाले कोरेको खत
बाँकी छमसँग।
यो मेरो मुटु
जहाँ कैयौँ जलन छन्
जोसँग म
तिमी नैसम्झी खेल्दै छु
फूलसम्झी त्यसैलाई
अँगालोमा बेर्दैछु।
आज तिमी उही छ्यौ
मुस्कुराहट पनि उही
तरतिम्रो त्यो हातले
जसलाई समाएको होस्
स्पर्शको न्यानोपन
मपाउँछु ।
मायालु !
तिमी जहाँ छ्यौ
खुसी नैहौली
किनकि
तिमीलाई थाहा छैन
दुःख के हो ?
घामले पोल्ने कुरा
हरियालीलाई थाहा हुन्न
त्यसैलेत
तिमीमा हराउँदा
मआफूलाई पाउँछु ।
साभार: वसन्त (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)