समाचार
झापा ।
विर्तामोडस्थित कञ्चनजङ्घा अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय तथा कञ्चनजङ्घा नमुना कलेजका संस्थापक कीर्तिशेष गुरुभक्त नेउपानेको स्मृतिमा प्रकाशित ‘शिक्षाका पारसमणि: गुरुभक्त सर’ स्मृतिग्रन्थ लोकार्पण गरिएको छ। विद्यालय सञ्चालक समितिका अध्यक्ष डिल्लीकुमारी नेउपानेको अध्यक्षता तथा गुरुभक्तका गुरु पोखरी माध्यमिक विद्यालय, छातेढुङ्गाका पूर्वप्रधानाध्यापक बद्रीप्रसाद ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि ओलीसहित गुरुभक्तका बुबा नन्दलाल नेउपाने, आमा चन्द्रमाया नेउपाने, राष्ट्रिय सभाका पूर्वसदस्य हरिचरण शिवाकोटी, मेची बहुमुखी क्याम्पसका पूर्वप्रमुख उमानाथ ओली, प्रधान सम्पादक राजेन्द्र सङ्ग्रौला, समीक्षक हरिनारायण भट्टराई तथा सहप्राध्यापक लीलाप्रसाद अधिकारीले संयुक्त रूपमा स्मृतिग्रन्थको लोकार्पण गरेका थिए ।
कार्यक्रममा गुरुभक्तका छोरा डा. केशवराज नेउपानेले स्वागत मन्तव्य तथा साहित्यकार डिपी सङ्ग्रौलाले कार्यक्रम सञ्चालन गरेका थिए। लोकार्पणपछि साहित्यकार हरिनारायण भट्टराई र सहप्राध्यापक लीलाप्रसाद अधिकारीले स्मृतिग्रन्थको समीक्षात्मक परिचय प्रस्तुत गरेका थिए। उनीहरूले गुरुभक्त नेउपानेको शिक्षण, शैक्षिक नेतृत्व तथा सामाजिक योगदानका विभिन्न पक्षबारे चर्चा गरेका थिए ।
सोही अवसरमा आठराई क्षेत्रका लोकप्रिय शिक्षक तथा पोखरी माध्यमिक विद्यालयबाट निवृत्त प्रधानाध्यापक एवं साहित्यकार हरिनारायण भट्टराईलाई रु २० हजार नगद, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा गुरुभक्त नेउपानेको परिवारका तर्फबाट डा. केशवराज नेउपानेले बोनम्यारो क्यान्सरबाट पीडित साइमन हस्दाको उपचारका लागि रु दुई लाख २५ हजारको चेक सहयोगस्वरूप हस्तान्तरण गरेका थिए । कार्यक्रममा गुरुभक्त नेउपानेको स्मृतिमा रु एक करोडको अक्षयकोष स्थापना गरी ‘गुरुभक्त नेउपाने स्मृति प्रतिष्ठान’ गठन तथा दर्ता गर्ने तयारी भइरहेको जानकारीसमेत दिइएको थियो । प्रतिष्ठानले प्रत्येक वर्ष गुरुभक्त नेउपानेको स्मृतिदिवसका अवसरमा साहित्य, संस्कृति, कला, खेलकुदलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिलाई पुरस्कृत गर्ने बताइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बद्रीप्रसाद ओली, रुद्र–गौरी–श्री अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओली, हरिचरण शिवाकोटी, पूर्वक्याम्पस प्रमुख उमानाथ ओली, आख्यानकार पुण्यप्रसाद खरेल, हरिचरण वानियाँ तथा प्याब्सन झापाका अध्यक्ष छत्र कार्कीलगायतले मन्तव्य व्यक्त गर्दै गुरुभक्त नेउपानेको शैक्षिक तथा सामाजिक योगदानको स्मरण गरेका थिए । उनीहरूले कीर्तिशेष गुरुभक्तप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेका थिए ।कार्यक्रमको अन्त्यमा गुरुभक्तका दाजु मेदनीप्रसाद नेउपानेले उपस्थित प्रमुख अतिथि तथा अतिथिहरूप्रति धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमकी अध्यक्ष डिल्लीकुमारी नेउपानेले संक्षिप्त भनाइ राख्दै उपस्थित सबैप्रति आभार व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा गुरुभक्तका छोरीहरू यशोदा नेउपाने, डा. गङ्गा नेउपाने र डा. गीता नेउपाने, ज्वाइँहरू डा. गणेश सुवेदी र अजय अधिकारी तथा साला रमेशकुमार ढुङ्गेललगायतको उपस्थिति थियो। त्यस्तै गुरुहरू गोपालप्रसाद सङ्ग्रौला, रामप्रसाद चापागाईं, देवी उप्रेती, तुलसी उप्रेती, खेमप्रसाद उप्रेती, हरिप्रसाद सङ्ग्रौला, गणेश ओली, डा. अखिलेश, महेन्द्र सङ्ग्रौला र बालकृष्ण सिटौलालगायत सहभागी थिए ।
त्यसैगरी जयभद्र सुवेदी, अनन्त राजवंशी, युवराज पाण्डे, चक्रपाणी भट्टराई, तोयानाथ काफ्ले, डम्बर बस्नेत, दामोदर नेउपाने, मोहन ओली, डिआर सिटौलालगायत साहित्यकार देवीचरण भण्डारी, तुलसीप्रसाद भट्टराई, दुर्गाप्रसाद सिग्देल, पुष्पकुमार खनाल, कृष्णप्रसाद पाठक, हरिप्रसाद नेउपाने, डिल्लीराम परदेशी, योगेन्द्र खतिवडा, लक्ष्मीप्रसाद खतिवडा, मिना अधिकारी, लता खरेल, कृष्ण सुवेदी ‘निराकार’, कृष्णप्रसाद मिश्र, मैयाँ बराल, ज्ञानु बुढाथोकी र उमेश ओलीलगायत सयभन्दा बढीको उपस्थिति रहेको थियो ।
