• २०८३ भाद्र ३०, मंगलवार

प्रमोद नेपालको लघुकथासङ्ग्रह ‘निरूत्तर’ लोकार्पण

दायित्व वाङमय प्रतिष्ठान नेपालले स्रष्टा प्रमोद नेपालको लघुकथासङ्ग्रह निरूत्तरको लोकार्पण गरेको छ । राजधानीमा आयोजित कृति लोकार्पण समारोहमा कार्यक्रमका सभाध्यक्ष रामप्रसाद पन्त, प्रमुख अतिथि सूब सेन, कृतिकार नेपाल लगायत् मञ्चासिन व्यक्तित्वहरू युवराज मैनाली, गोपी मैनाली, कृष्ण प्रधान, रामप्रसाद दाहाल, ठाकुर शर्मा भण्डारी, कृतिकारका भाइ सरोज नेपालले लघुकथा गान बजाएर सामूहिक रूपमा कृतिको लोकार्पण गरेका हुन् ।

राष्ट्रिय गान बजाएर सुरू गरिएको कार्यक्रममा भोटेकोसी बाढीमा दिवंगत भएका मृतआत्माहरूको सम्मानमा १ मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा ठाकुर शर्मा भण्डारीले छन्दका दुई श्लोक वाचन गरेर उपस्थित अतिथिहरूलाई स्वागत गरेका थिए । समालोचक युवराज मैनालीले विमोचित कृति निरूत्तरभित्र समावेश ५५ लघुकथाको शल्यक्रिया गरेका थिए। लघुकथाको अवधारणा र इतिहासको सन्दर्भ कोटयाउदै उनले स्रष्टा नेपालका लघुकथामा पाइने गुण दोषबारे चर्चा गरेका थिए। लघुकथाहरूमा सामाजिक यथार्थाता , मानवीय संवेदना, आम मानिसको दैनिकीमा पाइएका उतारचढाव , बालमनोविज्ञानको प्रयोग, समामयिक राजनिति आदि विषय समेटिएको बताए ।

कार्यक्रममा समालोचक गोपी मैनाली, रामप्रसाद दाहाल , कृष्ण प्रधान र कलानिधि दाहालले कृतिकारलाई शुभकामना दिएका थिए । कृतिकार नेपालले लेखकीय मन्तव्यको क्रममा आफ्नो लघुकथा लेखनयात्राको सन्दर्भ कोट्याउँदै प्रेरणा र प्रोत्साहन दिने सबैलाई धन्यवाद दिए। यसैगरी कृतिप्रकाशनको क्रममा प्रकाशक दायित्व प्रतिष्ठान, ले- आउटमा सहयोग गर्ने दीपेन्द्र बस्नेतलगायत् कृतिका भूमिका लेखक गोपी मैनाली, कार्यक्रमका समीक्षक युवराज मैनाली, सभाध्यक्ष , प्रमुख अतिथि र उपस्थित सबै विशिष्ट अतिथिहरूप्रति आभार व्यक्त गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि पन्तले दायित्व वाङमय प्रतिष्ठानले गरेका महत्त्वपूर्ण कार्यहरूबारे जानकारी गराउँदै कभएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि सेनले आफू उमेरले पाको भएपनि कार्यक्रममा बोलाएर आफ्नो जीवनमा हरियाली छरिदिने प्रयास गरेकोमा आयोजक तथा कृतिकारलाई हार्दिक धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए । यादव भट्टराईले सञ्चालन गरेको सो कार्यक्रममा साहित्यकार , पत्रकार तथा कृतिकारका आफन्तजन गरि सयौँको उपस्थिति थियो ।