• २०८१ माघ १० बिहीबार

“डम्बरकुमारी–गणेश आख्यान पुरस्कार”

काठमाडौँ, १९ जेठ २०७९ । यस वर्ष (२०७९) को “डम्बरकुमारी–गणेश आख्यान पुरस्कार”आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई प्रदान गरिने भएको छ । श्री डम्बरकुमारी–गणेश कोइराला साहित्य प्रतिष्ठानद्वारा वर्षेनी प्रदान गरिदै आएको सो पुरस्कार यो वर्ष गौतमलाई प्रदान गर्न लागिएको हो ।

यसै गरी २०७६ को गीता केशरीलाई, २०७७ को परशु प्रधानलाई र २०७८ को डा. बेन्जु शर्मालाई पनि यसै पटक पुरस्कार प्रदान गरिने भएको छ ।
हरेक वर्ष प्रदान गरिँदै आएको यो पुरस्कार वितरण कार्यक्रम विगत तीनवर्षमा कोरोनाको कहर र अन्य प्रतिकूल परिस्थितिले स्थगित भएको थियो । तर स्थगित भएका सबै पुरस्कारहरू यहि जेठ २८ गते शनिबार एकैपटक अर्पण गर्न लागिएको प्रतिष्ठानकी अध्यक्ष मन्दिरा मधुश्रीले जानकारी दिइन् । कार्यक्रम राष्ट्रिय नाचघरमा दिनको १ बजे आयोजना हुनेछ ।

माया ठकुरी, एस्पी कोइराला, श्रीओम श्रेष्ठ, तुलसी हरि कोइराला, विष्णु विभु घिमिरे र मन्दिरा मधुश्री सदस्य रहेको छनौट समितिले पुरस्कृत स्रस्टाको छनौट गरेको हो । पुरस्कारको राशि रू.१५००१/– रहेको छ । यसअघि सो पुरस्कार २०७३ मामोहनराज शर्मा, २०७४ मा डा. विणा हान्खिम र २०७५ सालमा श्रीओम श्रेष्ठलाई प्रदान गरिएको थियो ।