• २०८० असोज ९ मङ्गलबार

साहित्यकार गोविन्दगिरी प्रेरणाको ‘सुश्री पारिजात’अनावरण

काठमाडौं ।

साहित्यकार गोविन्दगिरी प्रेरणाद्वारा लिखित स्रष्टा जिवनी ‘सुश्री पारिजात’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजना गरिएको एक कार्यक्रममा साहित्यकार भुवन ढुङ्गाना, श्रीओम श्रेष्ठ रोदन र कृतिकार प्रेरणाले संयुक्त रुपमा कृति सार्वजनिक गरे । कार्यक्रमकी वक्ता भुवन ढुङ्गानाले साहित्यकार पारिजातसँग आफ्नो परिचय २०२६ सालमा भएको उल्लेख गर्दै पारिजातले सङ्घर्षपूर्ण जीवन जिउँदै हामीजस्ता धेरै साहित्यकारलाई प्रेरणा दिएको बताइन् ।

ढुङ्गानाले भनिन् पारिजातले मलाई सधैँ ‘लेख्न नछोड्नु है बहिनी’ भन्नुहुन्थ्यो । यो मेरा लागिमूल मन्त्र थियो । पारिजातलाई चिन्न खोज्ने, बुझ्न खोज्ने र पढ्न खोज्नेका लागि यो यो पुस्तक पृथक रहेको र पढ्नै पर्छ । वहाँले भन्नु भयो । वक्ताश्रीओम श्रेष्ठ रोदनले कृतिकार प्रेरणाको परिचय दिँदै बितेको २० वर्षदेखि उनले यस पुस्तकमा कामगर्दै आएको बताउनु भयो । प्रेरणाले कथा, कविता, निबन्ध, नियात्रा सबै विधामा कलम चलाएको बताउँदै यस पुस्तकको प्रकाशनसँगै उनी जीवनीकार पनि भएको उल्लेख गर्नुभयो ।

सार्वजनिक पुस्तक ‘सुश्री पारिजात’का लेखक गोविन्दगिरी प्रेरणाले आफूले शंकर लामिछाने, भूपि शेरचन र पारिजातको जीवनी लेख्ने निर्णय गर्दै सर्वप्रथम पारिजात माथि अनुसन्धान गर्दै काम सुरु गरेको बताउनु भयो ।२० वर्ष लगाएर लेखेको यस पुस्तकलाई अब पाठकको जिम्मामा सुम्पिएको वहाँले बताउनु भयो । पुस्तक फाइनप्रिन्टद्वारा प्रकाशित गरिएको हो ।