समाचार
काठमाडौँ ।
मैथिली साहित्य क्षेत्रका एक दिग्गज स्रष्टा तथा वरिष्ठ समालोचक डा. रेवतीरमण लालको ८३ वर्षको उमेरमा निधन भएको छ । उनको शनिबार राति जनकपुरधाम उपमहानगरपालिका–११ स्थित आफ्नै निवासमा निधन भएको हो ।
उनका चर्चित मैथिली कृतिहरूमा ‘साक्षात्कार’, ‘माधव नहि अएला मधुपुरसँ’,‘हमर विदेश भ्रमण’, ‘महाकवि विद्यापति’ र ‘खिस्सा पिहानी’ रहेका छन् । त्यस्तै, ‘धनुषाधाम और मणिमण्डप’ उनको पर्यटनसम्बन्धी कृति हो । उनी मैथिली त्रैमासिक पत्रिका ‘नैमिकानन’ का सम्पादकमेत रहेका थिए भने उनका विभिन्न रचनाहरू विद्यालय तथा महाविद्यालयका पाठ्यक्रममा समेत समावेश गरिएका छन् ।
