• २०८१ असार ११ सोमबार

मेरो सरकार

लोक जोशी

लोक जोशी

मैले र मेरो गाउँले मेरो देशको सरकार
नदेखेको बर्षौ भैसक्यो,
अझैसम्म पनि यो श्वासको त्यान्द्रोमा
अडिएको ज्यानले देशको बिकास र
उन्नतीका सपना बुन्न छोडेको छैन,
मेरो सरकार आफ्नो सहर बिर्सेर मेरो गाउँ
आउदैन भन्ने कुरा मैले एकादेशको कथामा
पनि पढेको थिए
तर पनि कहिँ ? कतै ? कसैले ? मेरो सरकारलाई
देख्यो भने गाउँमा पनि त जिउदा शरिरहरु छन्
भनेर भनिदिनु ।

केही समय लाग्ला
सायद महिनौं, बर्षौ र
सायद केही क्षण मात्रै पनि,
तर पनि मेरो यो दुःखले सम्हालेको दुखै- दुखले
भरिएको कहानी मेरो खुशी सरकारलाई सुनाइदिनु ।


लोक जोशी
[email protected]