• २०८३ भाद्र २२, सोमबार

निर्मला घिमिरे (निरू)को ‘माइतीको आँगन’ सार्वजनिक

निर्मला घिमिरे (निरू) ले आउँदै गरेको हरितालिका तीजलाई लक्षित गर्दै ‘माइतीको आँगन’ बोलको गीत सार्वजनिक गरेकी हुन् । गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन्चुरी हुन् ।

सार्वजनिक गीतमा एक छोरीले वर्षौंदेखि भेट्न नपाएकी आफ्नी एकल आमालाई सम्झिएकी छन्। बाबुको अनुपस्थितिमा आमाले एक्लै दुःख गरेर छोरी हुर्काएको प्रसंगलाई गीतमा भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । वरिष्ठ नृत्य निर्देशक कमल राईको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो। भिडियोमा झरना रिसाल र दिप्सा कार्कीले नृत्य गरेका छन् । शिव ढकालले छायांकन गरेको भिडियोका सम्पादक रामप्रसाद चौधरी तथा रंग संयोजक रेनिश फागो हुन् । भिडियोका निर्माता रंग पौडेल हुन् भने गोपाल कटुवालले कार्यकारी निर्माता र सिजन रोकायाले सहनिर्माताको जिम्मेवारी सम्हालेका छन् ।