कविता
काठमाडौँ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरको आयोजनामा त्रय साहित्यकारहरू गीता खत्री, ज्योति पौडेल र पूनम काफ्ले द्वारा संयुक्त रूपमा रचित ‘हिमतरङ्ग’ खण्डकाव्यको गृह विमोचन भव्य रूपमा सम्पन्न भएको थियो । न्यूयोर्कको क्विन्स उडसाइडस्थित काठमाडौं फ्युजन रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा नेपाल सरकारका न्यूयोर्कस्थित महावाणिज्यदूत श्री दधिराम भण्डारीको प्रमुख आतिथ्य ,अनेसास केन्द्रीय कार्यसमिति तथा अनेसास बोर्ड अफ ट्ष्र्टीको पूर्व अध्यक्ष तथा राम–गीता बागँमय मन्दिरका सककस्थापक गीता खत्री, अनेसास न्युयोर्क च्याप्टरकै पूर्व अध्यक्षहरू पूनम काफ्ले र ज्योति पौडेल , जीवन एक यात्रा अनेकका सर्जक राम खत्री , बद्री पौडेल र किरण काफ्लेको विशेष आतित्थ्य रहेको थियो भने कार्यक्रमको सभापतित्व च्याप्टरका अध्यक्ष जानुका वस्ती ढकालले गर्नुभएको थियो ।
च्याप्टरका अध्यक्ष र उपाध्यक्ष नदिया लिवाङ्गले प्रमुख तथा विशेष अतिथिहरूलाई दोसल्ला र पुष्पगुच्छाले स्वागत गर्नुको साथै उपाध्यक्षले छोटो मिठो स्वागत मन्तव्य दिनुभएको थियो ।औपचारिक उद्घाटन विशेष अतिथिहरू र सभापतिले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । नेपाली तथा अंग्रेजी राष्ट्रिय गानपछि वरिष्ठ नाटककार वीरेन्द्र हमाल द्वारा निर्देशित स्रष्टाहरु र अन्य कलाकारहरु (सककगिता उप्रेती ,नदिया लिवाङ्ग)द्वारा अभिनित, निरु न्यौपानेको स्वर तथा संगीतमा हिमवन्दना गायनको साथमा बेजोड नाट्य प्रस्तुति गरिएको थियो ।
यसपश्चात् विशेष अतिथिहरू, सभापति लगायत च्याप्टर पदाधिकारीहरूले ‘हिमतरङ्ग’ खण्डकाव्यको विमोचन गर्नुभएको थियो । यसको लगत्तै त्रय सर्जकहरूको यसै सिर्जनात्मक क्षमता तथा साहित्यिक योगदानको उच्च प्रशंसा गर्दै अनेसास न्यूयोर्क च्याप्टरले उहाँहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सम्मानपत्र प्रदान गरेको थियो । यस पश्चात न्युयोर्क च्याप्टरकै पूर्व अध्यक्ष तथा अनेसास केन्द्रीय उपाध्यक्ष शकुन ज्ञवालीले ‘ हिमतरङ्ग’ का सर्जकहरूको परिचय र शुभकामना दिनुभएको थियो । यसैक्रममा पुस्तक जन्मको बारेमा स्रष्टा गीता खत्री र पुस्तक लेखनबारे स्रष्टा पूनम काफ्लेले प्रकाश पार्नुभएको थियो भने ज्योति पौडेलले आफ्नो छोटो मन्तव्य पस्कनु भएको थियो । यसैक्रममा ‘हिमतरङ्ग ‘खण्डकाव्यबाट आ-आफ्नो मिठो शैलीमा साहित्यकारहरू गीता पराजुली पन्त, लोक भुसाल घायलश्री र कलाकार सककगिता उप्रेतीले कविता वाचन गर्नुभएको थियो । यसैक्रममा साहित्यकार डा. गोविन्द कोइरालाले कृति अत्यन्त सुन्दर छ यसमा रौध्र पनि छ यस्को रहस्य थाहा पाउन कृति पढ्नै पर्छ भन्ने जस्ता अत्यन्त रोचक र मिठासपूर्ण ढककगमा ‘हिमतरङ्ग’को चर्चा गर्नुभएको थियो ।
त्यसैगरी अनेसास न्युयोर्क च्याप्टर पूर्व अध्यक्ष तथा केन्द्रीय पूर्व कोषाध्यक्ष साहित्यकार विकाश बिष्टले किशोर–किशोरीहरूले हिउँसँग साटेको प्रेम, वयस्कहरूले हिउँलाई पन्छाउँदै गरेको संघर्ष तथा जीवनसाथीसँगको बिछोडपछि वृद्धवृद्धाहरूले आफ्ना नातिनातिनाको साथमा बिताएका भावुक पलहरूलाई काव्यिक शैलीमा सुन्दर ढङ्गले सजाइएको छ भन्दै कृतिभित्रका प्रत्येक सर्गहरूलाई कोट्याउककदै स्रष्टाहरूलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथिमहावाणिज्यदूत दधिराम भाण्डारीले यस काव्यमा शिव र पार्वतीको धरती अवतरणदेखि विभिन्न ठाउककमा हिउककसककगको साक्षात्कार बडो सुन्दर प्रस्तुतीको प्रसककशा गर्दै यस्ता साहित्यिक कार्यक्रमले निकै महत्व बोकेको हुन्छ ,सककस्थाले नेपाली भाषा–साहित्य र सककस्कृति जोगाउन गरिएका गरेको कार्यप्रति प्रशंसा गर्दै आफ्नो ओजपूर्ण अभिव्यक्तिका साथ हिमतरङ्को ‘स्रष्टाहरूलाई बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा अनेसास केन्द्रका न्यूयोर्क निवर्तमान अध्यक्ष लक्ष्मी श्रेष्ठ, च्याप्टरका पूर्वउपाध्यक्ष शान्ता अधिकारी, नेपाल मुक्तक प्रतिष्ठान अमेरिकाका अध्यक्ष तथा साहित्यकार आनन्द श्रेष्ठ, कवि किशनसिंह धामी, नेपाली भाषा तथा केन्द्रको केन्द्रका सन्चालिका ‘ आदर्श गुरु आमा ‘तथा साहित्यकार पद्मा लिङ्खा मगर, परिता राजभण्डारी, हरि शर्माले सर्जकहरूलाई शुभकामना दिनुभएको थियो ।
साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा अनेसास वोर्ड अफ ट्रष्टीका सदस्य तथा साहित्यकार कमला प्रसाईं, रोमन अधिकारी, सिर्जना तुलाधर लगायत ज्योति राई, कृश थापा, विश्व थापा, हरिषचन्द्र हमाल , भुपेन्द्र वाग्ले ,प्रसेत राजभण्डारी, भूपेन्द्र वाग्ले, यक्ष मल्ल,गककगा अधिरारी पेसल ढकाल,कृष्णा महर्जन लगायत थुप्रैको उपस्थिति रहेको थियो ।छोटो समय तीज गीत र नाच गरेर महिला दिदीबहिनीहरूले तीज पर्वको झल्को मेटाउनु भएको थियो । च्याप्टर महासचिव तथा कुशल सञ्चालिका नीरू न्यौपानेले सञ्चालन गर्नुभएको कार्यक्रमको अन्त्यमा सभापतिले उपस्थित सम्पूर्ण महानुभावहरूप्रति कृतज्ञता र सुन्दर काव्यकृति ‘हिमतरङ्ग ‘ खण्डकाव्यको सर्जकहरूलाई शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो ।
