कविता
काठमाडौं ।
कोक कवि गोष्ठीको १२०औं शृंखला सम्पन्न गरिएको छ । कपन फैकास्थित प्रयागराज भट्टराई ‘वाशिष्ठ’को निवासमा आयोजित उक्त कार्यक्रममा लब्धप्रतिष्ठित छन्दकविहरूको सहभागिता रहेको थियो । छन्दसारथि रमेश खकुरेलको सभापतित्वमा आयोजित उक्त कवि गोष्ठीको सञ्चालन प्रह्लाद पोखरेलले गर्नुभएको थियो ।
कार्यक्रममा मधुसूधन लामिछाने, डिल्लीप्रसाद मुलतिहुन्, रामहरि कोइराला, कलानिधि दाहाल, पुरुषोत्तम दाहाल, ओमप्रसाद कोइराला, विनोद दाहाल वत्स, बद्रीप्रसाद पोखरेल, कल्पना दाहाल, रामचन्द्र घिमिरे, जगदीश्वर पोखरेल, भुवनहरि सिग्देल, विपिनकुमार पाठक, आनन्दप्रकाश नेपाल, आत्माराम न्यौपाने, कृष्णप्रसाद भट्टराई हरनुभएको थियो ।
यसैगरी रचना वाचन गर्ने अन्य कविहरूमा दिव्यचन्द्र आचार्य, सिर्जना अर्याल, लालबाबु पोखरेल, दुर्गा रिजाल, उषा बस्ताकोटी, कोषराज न्यौपाने तथा विष्णुप्रसाद पन्त रहनुभएको थियो । कार्यक्रममा हेमचन्द्र नेपालले प्रमुख आमन्त्रित व्यक्तिको तर्फबाट मन्तव्यसहित रचना वाचन गर्नुभएको थियो भने उक्त संस्थाका संरक्षक माधवप्रसाद पोखरेलले पनि रचनावाचनका साथै मन्तव्यसमेत राख्नुभएको थियो ।
मन्तव्य सहित रचना वाचन गर्ने अन्य कविहरूमा प्रयागराज वाशिष्ठ, माधवप्रसाद पोखरेल तथा प्रह्लाद पोखरेल रहनुभएको थियो । वाचन भएका कविताहरूमाथि रामचन्द्र घिमिरेले पद्यमै टिप्पणी गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा सभापति रमेश खकुरेलले पनि मन्तव्यसहित रचना वाचन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
