• २०८२ बैशाख ५ शुक्रबार

साहित्यकला मन्दिरद्वारा तीन स्रष्टा सम्मानित

श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले साहित्य, कला, संस्कृति क्षेत्रमा विशिष्ट योगदान पुरयाउने स्रष्टाहरूलाई सम्मान गर्दैआएका तीन सम्मानहरूका लागि यस वर्षका स्रष्टाहरूको नाम चयन गरेका छ । १२ वैशाखमा साहित्यकला मन्दिरका अध्यक्ष श्री बसन्त चौधरीको अध्यक्षतामा बसेको पूर्ण बैठकले सर्वसम्मतिद्वारा यी नामहरूको चयन गरेको हो ।

निर्णय अनुसार साहित्य र संस्कृतिका क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुरयाउँदै आएका श्री तेजेश्वरबाबु ग्वङ्गलाई सरस्वतीसम्मान, इतिहास–अनुसन्धानमा लेखन तथा प्राध्यापनद्वारा विशिष्ट योगदान पुयाउँदै आएका प्रा. डा. त्रिरत्न मानन्धरलाई इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मन तथा नेपाली वाद्यवादनका क्षेत्रमा अथक योगदान पुरयाउँदै आएका श्री न्हुच्छेबहादुर डंगोललाई नारायणगोपाल सङ्गीतसम्मान प्रदान गरिने भएको छ ।

यसअघि यी सम्मानहरूको राशि ५१ हजार रहेकोमा यस वर्षदेखि उक्त रकम बढाएर १ लाख ५१ हजार पुरयाइएको छ । उक्त सम्मानहरू साहित्यकला मन्दिरको वार्षिकोत्सवको अवसरमा आयोजित स्रष्टासम्मान समारोहमा यही वैशाख २७ गते काठमाडौँमा प्रदान गरिने छ ।

श्री तेजेश्वरबाबु ग्वंगः

श्री न्हुच्छेबहादुर डंगोल

प्रा.डा. त्रिरत्न मानन्धर