• २०८१ बैशाख १३ बिहीबार

साहित्यकारद्वय कर्माचार्य र बराल पुरस्कृत

काठमाडौँ/१३ चैत २०७८

शनिबार वरिष्ठ बाल साहित्यकार गङ्गा कर्माचार्य पौडेल र आख्यानकार/नियात्राकार प्रभा बराललाई बलराम- टोपली साहित्य प्रतिष्ठानद्वारा पुरस्कृत गरिएको छ ।

यी दुवै पुरस्कारहरू प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईले प्रदान गरेका थिए । आफ्नो मन्तव्यमा प्रा. डा. भट्टराईले माता-पितालाई अमर बनाउन यस्तो पुरस्कार स्थापना गर्नु र साहित्यका साधकलाई अर्पण गरी हौसला प्रदान गर्नु एकदमै अनुकरणीय कार्य रहेको कुरा व्यक्त गरे ।

समारोहमा नियात्राकार रुकु कार्की र राजेन्द्रमान डङ्गोलले पुरस्कृत व्यक्तित्वलाई बधाई एवम् शुभकामना दिएका थिए । कार्यक्रम बलराम वाङ्मय प्रतिष्ठानका अध्यक्ष पूर्णप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।


Leather Heart

नकचरो

फरक– ४