• २०८१ श्रावाण ११ शुक्रबार

तिलकप्रसाद लुइँटेललाई लीलाध्वज स्रष्टा सम्मान

काठमाडौँ, मंसिर ।

लीलाध्वज थापा साहित्य प्रतिष्ठानमा मासिक रचना वाचन तथा स्रष्टासम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चारवेदलाई नेपाली भाषामा अनुवाद गर्नुहुने तिलकप्रसाद लुइँटेललाई लीलाध्वज स्रष्टा सम्मानले सम्मानित गरिएको छ ।

उक्त सम्मान प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले प्रदान गर्नुभएको थियो ।सम्मानित हुनु भएका स्रष्टा लुइँटेलले लीलाध्वज थापाले धेरै उपन्यास, नाटक, हाँस्यव्यङ्ग्य, कविता आदि लेख्नुभएको र उहाँको उपन्यास सङ्ख्यात्मक भन्दा गुणात्मक भएकाले नै आम मानिसमा चर्चित भएको बताउनु भयो ।प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यिक पत्रकार तथा प्रसिद्ध नियात्राकार रामप्रसाद पन्तले कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै सम्मानित हुनुभएका साहित्यकार तिलकप्रसाद लुइँटेल माथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा सम्मानित साहित्यकार तिलकप्रसाद लुइँटेल, विनोद दाहाल वत्स, दुर्गा अधिकारी भमरकोटे, मुकुन्द न्यौपाने, रत्नविरही घिमिरे, कुमार नेपाल, विजयध्वज थापा, राजेन्द्र खनाल, अच्युतप्रसाद पौडेल चिन्तन, तुलसीराम पुडासैनी, रुद्र अधिकारी, उत्तम विचार, राजेशमान केसी, कुशुम शर्मा, सुन्दरबहादुर खड्का, टीएन भट्ट, विश्वामित्र, लव खड्का, भुवन सिवाकोटी चौघरे, रूपा रिसाल चालिसेले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।