• २०८३ श्रावण २७, बुधबार

कार्कीको ‘सिक्का नोटैमा’ले पायो १ करोड भ्युज

काठमाडौं ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको शब्द रहेको चर्चित गीत ‘सिक्का नोटैमा’ले युट्युबमा १ करोडभन्दा बढी भ्युज पाएको छ । सार्वजनिक भएको एक महिनामै गीतले १० मिलियन भ्युजको आँकडा पार गरेको हो । गीतले युट्युबमा १ करोड भ्युज पूरा गरेपछि गीतको सम्पूर्ण टिमले केक काटेर खुसीयाली मनाएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेको ‘सिक्का नोटैमा’ गीत टिकटकदेखि विभिन्न डिजिटल प्लेटफर्ममा समेत लोकप्रिय बन्दै गएको छ ।
गीतमा मेलिना राई र समीर खरेलको स्वर रहेको छ भने संगीत पनि समीर खरेलले नै दिएका छन् । सरोज वली प्रस्तुतकर्ता रहेको गीतको भिडियोमा अभिनेत्री अञ्जना बराइली र प्रदीप लामा फिचर्ड छन् । गीतले छोटो समयमै करोडौँ भ्युज पाएसँगै यसको लोकप्रियता थप बढेको निर्माण टिमको भनाइ छ ।