Uncategorized
आफू हिँड्नुपर्ने राजमार्ग
कमजोर बनाउनु
बनिहालेछ भने
एक वर्ष पनि
न टिक्ने बनाउनु
र त्यही कमजोर राजमार्ग खनेर
कुनै न कुनै बहानामा
खाल्डो बनाउनु
हिलाम्य गराउनु
धुलाम्य चलाउनु
एक शताब्दी भयो
यो दुरुह इतिहास
आजसम्म कुनै वर्तमानले नबुझ्नु
यस देशमा
क्रान्ति हुनु, जुलुस हुनु
राजनीतिक परिवर्तन हुनु
व्यवस्था परिवर्तन हुनु
पार्टी, नेता सबै
नयाँनयाँ हुनु
तर यो अव्यवस्था
कहिल्यै परिवर्तन नहुनु
म सोधिरहेछु म आफैँलाई
यो के भएको हो ?
के यस देशको राजमार्गमा
सधैँ खाल्डो खन्नेहरूकै मात्र
विजय हुनेछ ?
मेरो घर बाहिरको चिल्लो सडक
के सुदूर सपना मात्र हुने छ ?
…………………………………………..
(सायमि स्थापित कवि हुन्)
[email protected]