• २०८३ श्रावण २०, बुधबार

कल्पतरु पुरस्कार एवं सम्मान २०८२/०८३ घोषणा

काठमाडौँ ।

कल्पतरुको २५ औं वर्ष प्रवेशको सुखद अवसरमा कल्पतरु द्वारा प्रत्येक वर्ष प्रदान गरिँदै आएको पुरस्कार एवं सम्मान २०८२/०८३ घोषणा गरिएको छ ।

१) कल्पतरु पत्रिकामा वर्षभरि प्रकाशित भएका सिर्जनाहरूको समीक्षा गराई समीक्षकको सिफारिस मध्येबाट प्रदान गरिने कल्पतरु वर्ष सर्वोउत्कृष्ट पुरस्कारः कल्पतरु ११८मा प्रकाशित “प्रतिमा“ कथाको लागि बाजुराम पौडेललाई रू१००००/– सहित सम्मान गरिने भएको छ ।

२) कल्पतरु बाल साहित्य प्रोत्साहन पुरस्कार २०८२ः युगलनारायण पन्त कक्षा ८– लड्सर्् लाइट एकेडेमि, गोकर्णेश्वर–६लाई कल्पतरु ११८मा प्रकाशित कविताको लागि रु. १०००/– सहित सम्मान गरिने छ ।

(३)परदेशमा रही नेपाली साहित्यमा उल्लेख्य योगदान पुर्याउनुहुने साहित्यकार लाई गरिने सम्मान श्री खेमराज पोखरेल, सप्तरी हालः टेक्सास, अमेरिकालाई अर्पण गरिने भएको छ ।

(४) कल्पतरु नारी साहित्यकार सम्मान २०८२/०८३ सीता पाण्डेय–सितापाइला, काठमाडौंलाई अर्पण गरिने भएको छ।
उपरोक्त निर्णय कल्पतरु सम्पादन मण्डल, संरक्षक, सल्लाहकार र सहयोगीहरूको संयुक्त बैठकले गरेको हो । पुरस्कार तथा सम्मानको कार्यक्रम पछि प्रकाशित गरिने छ ।