समाचार
काठमाडौँ ।
वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित नेपाली चलचित्र ‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक गरिएको छ। गीतमा युग भुसालको शब्द तथा संगीत रहेको छ भने रुबाई र सरोदी कुमारको स्वर छ। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । गीतमा फिल्मका मुख्य कलाकारको अभिनय देख्न सकिन्छ ।
साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित यस चलचित्र साउन २२ गते (अगस्ट ७)देखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।
