लिबियाली कविता
काठमाडौँ ।
अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको पुस्तकको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अनुदित कृतिको विमोचन गर्दै त्यसमा नेवार समुदायका विषयवस्तु समेटिएका बताइन् ।
समालोचक अभि सुवेदीले साहित्यमामार्फत लेखकले नेवार समुदायको भाषा, संस्कार र संस्कृति लिपीबद्ध गरेको बताए । नेपाल भाषा एकेडेमीका पुष्पराज राजकर्णिकारले नेपाल भाषाको संरक्षणमा प्रस्तुत पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे ।
लेखक सुन्दरले आफ्नो समुदायमा अनुभव गरेका विषयलाई पुस्तकमा समेटेको बताए । पुस्तक ज्योति तुलाधरले अङ्ग्रेजीमा अनुवाद गरेका हुन् भने यसको प्रकाशन आदर्श इन्टरप्राइजेजले गरेको हो ।
