समाचार
काठमाडौँ ।
नियात्राकार छविरमण सिलवालको ‘अमेरिकाको घाम’ नियात्रासंग्रह अमेरिकाको लसएन्जेलसमा लोकार्पण भएको छ । ऋषि ढकाल, मोहन न्यूरे, आवरण चित्रकार शुभम् सिलवाल, डिल्लीराज सिलवाल, नियात्राकार सिलवाल लगायतले नियात्रासङ्ग्रहको लोकार्पण गरेका हुन् ।
क्यार्लिफोर्निया राज्यका पूर्व अबैतानिक महावाणिज्य दुत ऋषि ढकालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम अनेसास लस एन्जेलस च्याप्टरका अध्यक्ष न्यूरेको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमको औचित्यबारे डिल्लीराज सिलवालले बोलेका थिए । कार्यक्रममा मिलन कोइराला, मिलन न्यौपाने, परिता शर्मा, डनबहादुर कार्की,कमल ढकाल, सरु सिंखडा लगायतले कविता वाचन गरेका थिए।
कार्यक्रमका संयोजक डिल्लीराज सिलवालले कार्यक्रमको उद्देश्य तथा स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन केसी श्रेष्ठले गरे।आचार्य चुडामणि पाठकले कृतिबारे टिप्पणी गरेका थिए । अनेसास लसएन्जेलस च्याप्टरको आयोजनामा भएको कार्यक्रमको प्रायोजन सोलुम फाउण्डेसन,लसएन्जेलस रहेको थियो ।
