• २०८३ असार ७, आईतवार

राम गगनको ’यानीमाया’ सार्वजनिक

काठमाडौँ ।

नयाँ लोकगीत ’यानीमाया’ सार्वजनिक भएको छ। राम गगनको प्रस्तुति रहेको गीतमा उनीसँगै गायिका शान्तिश्री परियारको स्वर छ । भिडिओमा प्रकाश सपुत र लक्ष्मी पुन मगरको अभिनय देख्न सकिन्छ । गीतको शब्द तथा संगीत राम गगनको हो भने संगीत संयोजक एचबिएन किस्मत हुन् ।

गीतले प्रेम, भावना र मौलिक सांस्कृतिक पक्षलाई समेट्ने प्रयास गरेको छ। ग्रामीण परिवेशमा रहेर गीत तयार गरिएको छ । गायक तथा सर्जक राम गगन ‘यानीमाया’ नेपाली मौलिक संगीतलाई नयाँ पुस्तामाझ अझ नजिक ल्याउने उद्देश्यले तयार पारिएको बताउँछन् ।

लोक शैलीमा आधारित यो गीतले नेपाली संगीत क्षेत्रमा मौलिकता र आधुनिक प्रस्तुतिको संयोजन गर्ने प्रयास गरेको देखिन्छ । गीतको भिडिओ सुनिल बिकको निर्देशनमा बनेको हो । रोशन विश्वकर्माको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन रहेको भिडिओमा प्रविन भट्टको सम्पादन छ ।
केही दिनअघि युट्युबमा सार्वजनिक गीतले स्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको देखिन्छ ।