सपना बोकेर विदेशिनु हाम्रो नियती
सपना सबै उतै खोसिनु हाम्रो नियती
हामीलाई सपना देखाउने धेरै आए
तिनै भ्रष्टाचारी भेटिनु हाम्रो नियती ।
सात ठाउंमा प्वाल पारेर लाउने त्यो कस्तो भेष हो ?
एक्लै दौडाएर पहिलो बनाउने त्यो कस्तो “रेस“ हो ?
अपराधीलाई सरकार नै माफी दिएर मुक्त गर्छ
अन्यायमा परेकोले न्याय नपाउने यो कस्तो देश हो ?
न्याय खोज्न जानलाई खोइ कहाँ छ सरकार ?
गरीबको लागि खोई कहाँ छ सिंहदरबार ?
बलिया कै लागि मात्र हो भने अदालत पनि
उठाई देऊ ती सारा निर्धाहरुको घरबार ।
गल्ली गल्छेडाहरूमा बलात्कारी कति कति
सहर बजारहरूमा भ्रष्टाचारी कति कति
न्याय, कानुन र सुरक्षा खोज्न अब कहाँ जाने ?
जहाँ गए पनि भेटिन्छन् धुन्धकारी कति कति ।
दिव्य गिरी