• २०८१ कातिर्क २३ शुक्रबार

प्रमोद प्रधानलाई लीलाध्वज थापा स्रष्टा सम्मान

लीलाध्वज थापा साहित्य प्रतिष्ठानले साहित्यकार प्रमोद प्रधानलाई लीलाध्वज थापा स्रष्टा सम्मान प्रदान गर्ने भएको छ । प्रतिष्ठानको २१ असोजका दिन बसेको बैठकले सो निर्णय गरेको हो । यो सम्मानका साथ नगद रु १० हजार समेत रहेको छ ।

प्रतिष्ठानले विगतका वर्षहरुमा मासिक रचना वाचनको कार्यक्रम गर्दै आइरहेको थियो र प्रत्येक महिना एक साहित्यकारलाई स्रष्टा सम्मान प्रदान गर्दै आएको थियो । हालसम्म सो स्रष्टा सम्मान ७५ जना स्रष्टाले पाइसकेका छन् । पहिलोपल्ट स्रष्टा सम्मान अच्युतरमण अधिकारीलाई प्रदान गरिएको थियो भने ७५औं सम्मान डा. रामप्रसाद ज्ञवालीले प्राप्त गरेका थिए ।

अब सो मासिक रचना वाचन तथा श्रष्टा सम्मानलाई त्रैमासिक गरिने तथा सम्मानका साथ १० हजार नगद समेत प्रदान गरिने भएको हो । यो नयाँ निर्णयानुसार सम्मानित हुने प्रमोद प्रधान पहिलो स्रष्टा हुन् ।

यस बाहेक प्रतिष्ठानले वार्षिक रुपमा “लीलाध्वज थापा साहित्य सम्मान” रु २५ हजार नगदसहित प्रदान गर्दै आइरहेको छ र यो सम्मानबाट हालसम्म डा. वासुदेव त्रिपाठी,सत्यमोहन जोशी, तुलसी दिवस, डा.तारानाथ शर्मा, प्रा. गेपिकृष्ण शर्मा तथा ज्ञानमणि नैपाल सम्मानित भैसकेका छन् ।