माझीले जललाई सोध्यो, कति गहिरो छौ हँ तिमी ?
म, जति गहिराईको किन न हूँ ? तिमीलाई के अन्तर पर्छ र ?
मेरा अङ्ग-अङ्गलाई छताछुल्ल पार्दै र रोम-रोमलाई कोपरेर, किनाराको आफन्तलाई अङ्गाल्न सफल भइहाल्छौ !
कात्यायन चाबहिल, काठमाडौं -७