• २०८१ फागुन ३ शनिवार

लघुकथा वाचन तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न

नेपाल भारत दूतावास, काठमाण्डौँको आयोजनामा, नेपाल भारत पुस्तकालय, न्यूरोडमा नेपाल भारत साहित्यिक समारोहझ अन्तर्गत पुस्तक विमोचन र लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको खबर छ । उक्त कार्यक्रममा साहित्यकार डा. स्वेता दीप्तीको टुकडोंमे बटी जिन्दगी ‘कहानी सङ्ग्रह ( लघुकथा र कथाको मिश्रित ) विमोचन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, विशिष्ट अतिथि हाम्रो लघुकथा केन्द्र नेपालका अध्यक्ष लता केसी, अतिथि आख्यानकार नारायण तिवारी, अर्का अतिथि स्नेह सायमि, कृतिकार डा. स्वेता दीप्ती , उद्घोषक सत्येन्द्र दहियाले कृतिको सामूहिक विमोचन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि श्री राईले नेपाल र भारतको सदियौँ देखिको राजनितिक, भौगोलिक ,कुटनितिक, सांस्कृतिक सम्बन्ध रहेको जिकिर गर्दै यस्ता साहित्यिक कार्यक्रमले यदाकदा भएका राजनीतिक र भौगोलिक तिक्तकालाई नाश गरेर सम्बन्ध सुमधुर बनाउन भुूमिका खेल्ने बताउनु भयो । मन्तव्यको क्रममा विशिष्ट अतिथि श्रीमती केसीले नेपाली लघुकथाको अवस्थाबारे चर्चा गर्दै साहित्यको क्षेत्रमा आजको समय भनेको लघुकथाको समय हो भन्नु भयो ।

कार्यक्रममा नेपाली स्रष्टा नारायण तिवारी र लता केसीले नेपाली भाषामा , स्नेह सायमिले नेपाल भाषामा र भारतीय स्रष्टाहरू डा. स्वेता र डा. आसावरी बापटले हिन्दी भाषामा लघुकथा वाचन गर्नु भएको थियो । सत्येन्द्र दहियाले सञ्चालन गर्नु भएको सो कार्यक्रममा स्रष्टाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । समारोहका अध्यक्ष स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौँका डाइरेक्टर डा. आसावरी बापटले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नु भएको थियो ।