• २०८३ असार ३०, मंगलवार

रावासावा प्राज्ञिक समाज नेपालको नयाँ कार्यसमिति चयन तथा रारासावा जर्नल लोकार्पण

काठमाडौँ ।

रावासावाको १३औं साधारण सभाले कवि, लेखक तथा कलाकार प्राज्ञ चन्द्र चन्द्र रानाहँछाको अध्यक्षतामा रावासावा प्राज्ञिक समाज नेपालको १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । डा.धनप्रसाद सुवेदी, देवराज कटुवाल, शान्तिराम राई, डा. सुकराज राई र सविता ढकाल रहेको निर्वाचन समितिको उपस्थितिमा प्राज्ञिक समाजको नयाँ नयाँ कार्यसमितिको चयन गरिएको हो ।

चन्द्र रानाहँछा अध्यक्ष रहेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष सुरेश हाचेकाली, उपाध्यक्ष भरतकुमार मगर, महासचिव यादेवी ढकाल, सचिव यम बास्तोला र कोषाध्यक्षमा पुष्पा राई रहेका छन् । त्यस्तै सदस्यहरूमा श्रीराम राई, वीरेन्द्र राई, डी. अनुरागी, सोनाम सज्जन किराती, प्रवीन पुमा, टिकाराम राई, आनन्दकला राई, सहस्रा राई र ज्ञानमाला परियार चयन भएका छन् । रावासावा प्राज्ञिक समाजले पहिलो सत्रमा जर्नल लोकार्पण गरेको छ।

समाजसेवी व्यक्तिहरू वरिष्ठ अधिवक्ता देवराज कटुवाल,वरिष्ठ सञ्चारकर्मी तथा महिला अधिकारकर्मी, उद्यमी तेजबहादुर राई र शिक्षक समाजसेवी गंगा राई (कान्छी) लाई दोसल्ला ओढाएर सम्मान अर्पिएको छ । त्यसैगरी रावासावा कमलाभक्त साहित्य पुरस्कार वरिष्ठ गीतकार तथा कवि टीका चाम्लिङ र रावासावा कमलाभक्त कला पुरस्कार सर्जक गोकुल परियारलाई मरणोपरान्त अर्पिएको हो। पुरस्कृत स्रष्टाहरूलाई जनही नगद रु. २५ हजार सहित सम्मानपत्र अर्पिएको हो ।

समाजका अध्यक्ष बम बानियाँको अध्यक्षता तथा राष्ट्रिय गानका स्रष्टा प्रदीपकुमार राई (व्याकुल माइला) को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा समाजले प्रकाशन गरेको रारासावा जर्नल पनि लोकार्पण गरिएको छ ।