• २०८१ चैत ७ शुक्रबार

दुइदिने काठमाडौं–कलिङ साहित्य महोत्सव सम्पन्न

काठमाडौं ।

यशस्वी प्रज्ञा प्रतिष्ठान तथा कलिङ्ग साहित्य महोत्सवको आयोजनामा ‘काठमाडौं कलिङ साहित्य महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ । ललितपुरको होटल हिमालयमा चलेको दुईदिने महोत्सव नेपालः द गेटवे ट एसियन आर्ट, कल्चर एन्ड लिटरेचर भन्ने मूल नाराका साथ सम्पन्न भएको हो । महोत्सवमा ५० भन्दा बढी सत्र चलाइएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार भुवन ढुंगानालाई यशस्वी साहित्य सम्मान र लक्ष्मी मुर्डेश्वर पूरी, सञ्जीव सान्याल र अच्यूत सामन्तलाई यशस्वी सम्मानबाट सम्मान गरिएको छ । यसैगरी, यशस्वी पुस्तक पुरस्कार २०८१ बाट पाँच विधामा ६ वटा पुस्तकलाई पुरस्कृत गरिएको छ ।

पुरस्कृत हुनेमा देवव्रतको कविता संग्रह अष्टमाको निधारबाट वाग्मती बग्छु, मुना चौधरीको उपन्यास लारु र मोमिला जोशीको गैर आख्यान कृति ‘प्रश्नहरू त बाँकी नै रहन्छन् छन् । रोहिणी राणाको द नेपाल कुक बुकु (अङ्ग्रेजी) र यज्ञराज उपाध्यायको शोध कृति काली–कर्णालीको लोकसाहित्य तथा संस्कृतिलाई पनि पुरस्कत गरिएको थियो । प्रत्येक विजेताले जनही २० हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरे । कार्यक्रम नेवारी, मैथली हिन्दीलगायत छ भाषामा चलेको थियो ।

महोत्सवमा दक्षिण एशियाली मुलुकका ३०० भन्दा बढी साहित्यकार, पत्रकार, प्रकाशक तथा विभिन्न छेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।