• २०७९ असोज १६ आइतबार

जहर देऊ प्रिया

डम्बर बिकेल

डम्बर बिकेल

जहर देऊ प्रिया बाँच्ने कुनै रहर छैन
तिम्रो र मेरो पिरतीको कुनै लहर छैन

आज तिमी मसँग हुन्छौ भोलि अर्कैसँग हुन्छौ
किन यस्तो भनी बुझ्न खोज्दा धुरूधुरू रून्छौ
जहर देऊ प्रिया बाँच्ने कुनै रहर छैन
तिम्रो र मेरो पिरतीको कुनै ठहर छैन

प्रेम गर्नेको मायालु एउटा नाउँ भए पो
मायाले रङ्गिएको सानो एउटा गाउँ भए पो
जहर देऊ प्रिया बाँच्ने कुनै रहर छैन
तिम्रो र मेरो पिरतीको कुनै सहर छैन


(विकेल चर्चित गीतकार हुन् ।)
[email protected]