• २०८१ असोज २४ बिहीबार

स्नेहिल सुगन्ध

बसन्त चौधरी

बसन्त चौधरी

सावनको पहिलो वर्षाको सुवास
हरहराउँदै उठ्यो जब माटोबाट
बरालिन थाल्यो तनमन
हराएका इच्छाहरू
फर्कीफर्की आए र
मच्चाउन थाले हलचल
साह्रै मनपर्छ मलाई
तिम्रो स्नेहिल सुगन्ध

भखैरै गइन्
चुमेर उनका अधरले
मेरा हातका रेखाहरू
भाग्यमानीको आभास भयो
सहजै सान्निध्य पाउँदा
उनको अधरको

प्रफुल्ल छन् मेरा रौँरौँ
जबदेखि आउनथाल्यो
मेरा हत्केलाबाट
मदहोस पार्ने
तिम्रो शरीरको सुगन्ध ।

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)