• २०८० जेठ २१ आइतबार

एक क्षण

सादी युसुफ

सादी युसुफ

समुद्रतिर बनेको
कुनै घरको
छाना भएको कौसीमा
आफ्नो खाना पकाउँदैछ
एउटा अवकाशप्राप्त समुद्री लुटेरा-
आधी रोटी
एक चोक्टा मासु
रक्सीको बोतल-
राम्ररी ढोका बन्द गरिसकेर
उसले आफ्नो पुरानो कन्तुरबाट
निकाल्छ पुरानो डायरी
नक्सा,
बन्दरगाह ।

अब ऊ प्रसन्न छ ।

अनुवाद: राजेन्द्र शलभ